नागरिक पोष्ट News


ज्ञानोदय माध्यमिक विद्यालयमा कोभिड–१९ विरुद्धको फाईजर खोप कार्यक्रम सम्पन्न (भिडियोसहित)

1.8K

सबु बस्नेत, काठमाडौ ।  विश्वव्यपी रुपमा नयाँ नयाँ स्वरुपमा फैलिरहेको कोरोना भाईरसको प्रभाव कम गर्ने एक मात्र उपाय खोप हो । यहि कुरालाई मध्ये नजर राख्दै नेपालमा पनि विभिनन उमेर समुहका व्यक्तिहरलाई खोप लगाईदै आयको छ । काठमाण्डौँ महानगरपालिकामा रहेका सामुदायिक तथा सस्थागत विधालयहरुमा आजबाट काठमाण्डौँ महानगर स्वास्थ्य शाखाले विद्यालयमै गई खोप केन्द्र सञ्चालन गरि १२ देखि १७ वर्ष उमेर समुहका विधार्थीलाई कोभिड–१९ विरुद्धको फाईजर खोप लगाउने कार्यक्रम सुरु गरेको हो ।

त्यसै क्रममा काठमाण्डौँ महानगरपालिका वडा नं. १३ पुरानो कालीमाटी स्थीत ज्ञानोदयम मा वि का विद्यार्थी भाइृबहिनीहरुको लागी कोभिड–१९ विरुद्धको फाईजर खोप लगाईएको छ ।  यसरी विद्यालयलेनै व्यवस्थापन गरेर आफ्ना बालबालिकाहरलाई खोप लगाउन पाउँदा अभिभावकहरुले विद्यालय प्रति आभार प्रकट गर्दे विद्यालय परिवारलाइृ धन्यवाद  समेत दिए । 

करिब चार हजारको हाराहारीमा विद्यार्थीहरु अध्ययन गर्ने यस विद्यालयमा यो उमेर समुहका करिब २५०० सय विद्यार्थीहर अध्ययनरत रहेका छन् । विद्यार्थी भाईबहीनिहर पनि सहजै खोप लगाउन पाउँदा निकै खुशी छन् । 

विद्यार्थीहरलाई यसरी विद्यालयहरुमानै गई यसरी खोपलगाउँदा सकं्रमण लगायत अन्य कुराको डर नहुने खोप कार्यमा संलग्न स्वास्थ्य कमृिहर बताउनु हुन्छ । 

विद्यालयमानै उपस्थित भएर व्यवस्थित तरिकाले विद्यार्थीहरुको लागि खोपको व्यवस्थापन गरी सम्पुर्ण विद्यार्थीहरुलाई खोपको व्यवस्थ ागर्न पाउँदा खुशी लागेको ज्ञानोदयम मा वि का प्रधानध्यापक नातिकाजी महर्जन बताउनुहुन्छ । शुक्रबार ज्ञानोदय माध्यमिक विद्यालयमा करिब १६५० जना विद्यार्थी भाईबहिनीहरुले फाईजर खोप लगाएको महर्जन बताउनु हुन्छ । साथै खोप कार्यक्रममा संलग्न सबै जना सहकर्मिहरायइ धन्यवाद समेत महर्जनले दिनु भयो ।

 

 

Must View