माघ २ गते सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा
532
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते सार्वजनिक विदा दिएको छ । माघी पर्वको अवसरमा भन्दै प्रदेश सरकारले सुदूरपश्चिममा थप एक दिनका लागि सार्वजनिक विदा दिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार थप एक दिन विदा दिइएको जानकारी दिनु भयो ।