नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाका सामुदायिक तथा सस्थागत विधालयहरुमा खोप केन्द्र सञ्चालन

0.9K

 काठमाडौ । तारकेश्वर नगरपालिकामा रहेका सामुदायिक तथा सस्थागत विधालयहरुमा आजबाट तारकेश्वर नगर स्वास्थ्य शाखाले विधालय मै गई खोप केन्द्र सञ्चालन गरि १२ देखि १७ वर्ष उमेर समुहका विधार्थीलाई कोभिड–१९ विरुद्धको फाईजर खोप लगाउने कार्यक्रम सुरु भएको छ।

तारकेश्वर नगर शिक्षा अधिकारी होमनाथ न्यौपानेकाअनुसार छात्रा १५४९ र छात्र १४४६ गरि २९९५ जना विधार्थीले खोप लगाएका छन् । जसमा तारकेश्वर १ बाट १२७ छात्रा र १२१ छात्र गरी २४८ जनाले खोप लगाएका छन् । त्यस्तै वडा नं। २ मा सबैभन्दा कम ६४ छात्रा र ६० छात्र गरी १२४ जनाले लगाएका छन् । वडा नं। ३ मा ७२ छात्रा र ६५ छात्र गरी १३७ जनाले लगाएका छन् । वडा नं। ४ मा ८७ छात्रा र ७५ छात्र गरी १६२ जनाले लगाएका छन् ।

तारकेश्वर वडा नं। ५ मा ६८ छात्रा र ७० छात्र गरी १३८ जनाले लगाएका छन् । वडा नंं ६ मा १२० छात्रा र ११९ छात्र गरी २३९ जनाले लगाएका छन् । वडा नंं ७ मा १३० छात्रा र १५८ छात्र गरी २८८ जनाले लगाएका छन् । वडा नं। ८ मा १९० छात्रा र २१२ छात्र गरी ४०२ जनाले लगाएका छन् । वडा नं। ९ मा ९८ छात्रा र ११४ जना छात्र गरी २१२ जनाले लगाएका छन् । वडा नं। १० मा ४४० जना छात्रा र २९४ जना छात्र गरी ७३४ जनाले लगाएका छन् । वडा नं। ११ मा १५३ जना छात्रा र १५८ जना छात्र गरी ३११ जनाले लगाएका छन् ।

नगर शिक्षा अधिकारी होमनाथ न्यौपाने आज खोप केन्द्र भएका विद्यालयहरुको निरिक्षणमा निस्केका छन् । न्यौपानेका अनुसार आफुले विधालयहरुमा पुगेर अनुगमन गर्दा व्यवस्थित तरिकाले खोप केन्द्र सञ्चालन भएको बताएका छन् । तारकेश्वर नगरमा २४ ओटा सामुदायिक विधालय, ६६ ओटा संस्थागत विधालय र १८ ओटा मन्टेश्वरी विधालयहरु सञ्चालनमा रहेका छन्।

Must View