नागरिक पोष्ट News


हिमालयन बैंकमा पहिलोपटक ऐतिहासिक अनलाइन निर्वाचन सफल, कर्मचारी संगठनको अध्यक्षमा सुबास भण्डारी

1.7K

- सबु बस्नेत

काठमाडौ, हिमालयन बैंक कर्मचारी संगठनले सुबास भण्डारीको नयाँ नेतृत्व पाएको छ ।  भण्डारी कर्मचारी संगठन २०७८ को अनलाइन निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।  संगठनमा भण्डारी सहित ११ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।  कर्मचारी संगठनको पौष २२ गते अनलाइन निर्वाचन भएको थियो । नवनिर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा सुबास भण्डारी, उपाध्यक्षमा सुमन कुमार मिश्र, महासचिवमा भरतराज उप्रेती, सचिवमा छन्द मान तामाङ, कोषाध्यक्षमा अर्चना भण्डारी, सदस्यहरुमा अकिल श्रेष्ठ, शरद रन्जितकार, विशाल गौतम, मधुसुदन तण्डुकार, बेदनिधि पोखरेल र रमेश गजुरेल रहेका छन् । निर्वाचनमा कुल मतदाता संख्या ८१५ रहेकोमा ७९६ ले अनलाइन मतदान गरेको निर्वाचन कमिटीले जनाएको छ । यो अनलाइन निर्वाचन नेपालको बैकिङ्ग इतिहासमा पहिलोपटक भएको र निर्वाचन प्रक्रिया छोटो समयमा नै सम्पन्न भई नतिजा प्राप्त भएको थियो । अनलाइन निर्वाचनमा एक मत पनि बदर भएन भने हिमालयन बैकका ७० भन्दा बढी शाखाका मतदाताहरुले एकैदिनमा मतदान गर्ने अवसर पाएका थिए । जुन अनलाइनबाट मात्र सम्भव भएको हो । अनलाइन निर्वाचनमा मतदान समय सकिएको आधा घण्टा पनि नबित्दै नतिजा प्रकाशन भएको थियो । कोभिड १९ ओमिक्रन को अबस्थालाई मध्यनजर गरेर बैक व्यवस्थापनले अनलाइन निर्वाचन गर्न निर्देशन दिएको थियो । सोही अनुरुप निर्वाचन समितिले निर्वाचन अनलाइन प्रणालीमा ढालेको थियो । यसलाई बैंकको आइटी टिमले छुट्टै अनलाइन पोर्टल बनाएर निर्वाचन सफल बनाउन सहयोग गरेको थिए । 

संगठनको नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन कमिटी २०७८ ले पद तथा गोपनियताको शपथ समेत गराएको छ । निर्वाचन कमिटिले शपथ तथा बधाई कार्यक्रमको आयोजना गरी २०७८ साल पौष २८ गते हिमालयन बैंकको केन्द्रीय कार्यालयमा उक्त शपथ गराएको हो । पद तथा गोपनियताको शपथ प्रमुख निर्वाचन आयुक्त प्रकाश भण्डारीले गराउनुभएको थियो । साथै संगठनका  नवनिर्वाचित  पदाधिकारी एवं सदस्यहरुलाई प्रमाणपत्र समेत भण्डारीले बितरण गर्नुभयो ।

शपथ तथा बधाई कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा, महाप्रबन्धक अनुप मास्के, सहायक प्रबन्धकहरु विपीन हाडा, सुनिल गोर्खाली, मानव संसाधन बिभागका प्रबन्धक समीर आचार्य, आइटी प्रमुख विज्ञान सिंजापती, कर्मचारी संगठनका निर्वतमान अध्यक्ष गौतम भण्डारी लगायत बिभिन्न तहका कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई निर्वाचन कमिटीका सदस्य संजीव श्रेष्ठ र  संचिता पाण्डे ले सहजीकरण गर्नुभएको थियो । 

बधाई तथा शपथ कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले सम्बोधन गर्दै अनलाइन निर्वाचन सफल बनाएकोमा निर्वाचन कमिटिलाई धन्यवाद व्यक्त गर्नुभयो । 

हिमालयन बैंक कर्मचारी संगठन २०७८ को अनलाइन निर्वाचन ऐतिहासिक भएको प्रमुख निर्वाचन आयुक्त प्रकाश भण्डारीले बताउनुभयो । साथै यस अनलाइन निर्वाचनमा सहयोग पुर्याउने बैंक व्यवस्थापन, आइटी टिम र अनलाइन निर्वाचनमा सहभागी हुने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । 

Must View