नागरिक पोष्ट News


तारकेश्वर ९ मा जेष्ठ नागरिकलाई परिचयपत्र वितरण कार्य सुरु

840

काठमाडौं । तारकेश्वर वडा नं। ९ मा जेष्ठ नागरिकलाई परिचय पत्र वितरण कार्यक्रम सुरु भएको छ । सोमबार वडा कार्यालय परिसरमा भएको कार्यक्रममा ८६ जनाले परिचय पत्र पाएको कुरा जेष्ठ नागरिक समितिका अध्यक्ष भूपाल गौतमले बताउनुभयो । गौतमका अनुसार बाँकी छुट हुन गएकाहरुका लागि प्रत्येक महिनाको २६ गते वितरण गर्ने कार्यक्रम रहेको छ । जेष्ठ नागरिक परिचय पत्र वितरणका लागि तारकेश्वर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाले परिचय पत्रको व्यवस्थापन गरेको छ ।

सोमबार भएको कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख प्रतिमा मिश्र र वडा नं। ९ का जेष्ठ नागरिक समितिका अध्यक्ष भूपाल गौतमले संयुक्त रुपमा जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गर्नुका साथै परिचय पत्रको महत्वबारे जानकारी गरेका थिए ।

कार्यक्रममा महिला वडा सदस्य लक्ष्मी अधिकारीको समेत उपस्थिति रहेको थियो ।

Must View