नागरिक पोष्ट News


तारकेश्वर १० मा एमालेबाट लक्ष्मी गैरेले वडाअध्यक्षमा उम्मेदवारी दिने

847

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० बाट आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा लक्ष्मी गैरेले उम्मेदवार दिने तयारी गरेकी छिन् । पहिलो स्थानीय तहको निर्वाचनमा वडा सदस्यको भूमिका सक्रियतापूर्वक निर्वाह गरेकी गैरे अध्यक्ष भएर एकपटक काम गर्ने अठोट लिएकी छिन् ।

सानै उमेरदेखि सामाजिक कार्यमा लागेर आएकी गैरेले तनहुँबाट समाजसेवाको कार्य सुरु गरेकी थिइन । आफुलाई सफल वडा सदस्यको रुपमा दावी गर्दै आएकी गैरेले आगामी निर्वाचनमा एमालेले आफुलाई सर्वसम्मतीमा उम्मेदवार बनाउनेमा आशा गरेकी छिन् । स्थानीय तहको पहिलो सरकारको कार्यकालमा पनि वडा अध्यक्ष नभएको बेला गैरेले कार्यभार वडा अध्यक्षको भूमिका सफलतापूर्वक निर्वाह गर्दै आएकी छिन् ।

Must View