नागरिक पोष्ट News


साङ्केतिक भाषामा अभिव्यक्ति कला प्रतियोगिता

1.1K

काठमाण्डौँ - अप्टिमिष्ट क्लब अफ काठमाण्डौले बहिराहरुको राष्ट्रिय महासंघ नेपालको सहकार्यमा साङ्केतिक भाषामा अभिव्यक्ति कला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । सन् २०१७ मा स्थापित अप्टिमिष्ट ईन्टरनेशनल नेपाल, सकरात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व वहन गर्न प्रेरित गर्ने उद्देश्य सहित बालबालिका तथा युवा केन्द्रित सामाजिक काम गर्दै आइरहेको संस्था हो ।

बोल्न र सुन्न सक्ने क्षमता भएका बालबालिकाहरुले आफ्नो क्षमता बोलेर देखाउन सक्छन् तर बोल्न र सुन्न नसक्ने बालबालिकाहरुमा पनि त मनमा लागेका कुराहरु प्रस्तुत गर्न पाउनुपर्छ भन्ने उद्देश्य सहित यस प्रतियोगिताको विकास भएको कार्यक्रमका डाइरेक्टर रीना श्रेष्ठले बताए । कार्यक्रममा स्वागत मन्तव्य दिँदै श्रेष्ठले पृथक काम गर्दा विभिन्न बाधा अवरोध आएता पनि हरेक चुनौतीका बाबजुद कार्यक्रम आयोजना गर्न सफल भएकोमा खुशी भएको र आगामी दिनमा अन्य जिल्लाहरुमा पनि कार्यक्रम सञ्चालन गर्ने बताए ।

“चुनौतीपूणर् घडीमा आशावादी रहनु” भन्ने शाीर्षकमा साङ्केतिक भाषामा अभिव्यक्ति कला प्रतियोगितामा बहिराहरुको केन्द्रिय माध्यमिक विद्यालय नक्सालका ६ जना भाईबहिनीहरु फाईनल राउण्डमा पुगेका ६ जना प्रतियोगी भाईबहिनीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कामनपा वडा नं १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठले विजेता भाई बहिनीहरुलाई मेडल, नगद पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरणसँगै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रमुख अतिथि श्रेष्ठले फरक क्षमता भएका भाईबहिनीहरुका लागि गरिएको यो कार्यक्रम निकै नै पृथक र पहिलो पटक यस्तो कार्यक्रममा आफू सहभागी हुन पाउँदा आफू निकै खुशी भएको भन्दै यो कार्यक्रम सबै प्रदेश र जिल्लाहरुमा आयोजना गर्नुपर्ने र त्यसका लागि आपूmले गर्नपर्ने सहयोग गर्ने प्रतिवद्दता पनि व्यक्त गरेका थिए ।

त्यसैगरी विद्यालयका प्रिन्सिपल उपेन्द्र पराजुलीले आफ्नो स्कूलका भाइबहिनीहरुमा यति राम्रो प्रतिभा रहेछ भन्ने थाहा पाएर आफूलाई गर्व लागेको भन्दै यस किसिमको भाइबहिनीहरुमा भएका क्षमता र कलालाई उजागरगर्ने प्रतियोगितालाई निरन्तरता दिईरहने बताए । कार्यक्रमका विशेष अतिथि कामनपा शिक्षा विभागका स्कूल निरीक्षक मोती भट्टराई, बहिराहरुको राष्ट्रिय महासंघ नेपालका महासचिव सन्तोष के.सी, अप्टिमिष्ट ईन्टरनेशनल नेपालका कोषाध्यक्ष प्रकाश घिमिरे, अप्टिमिष्ट संगिनी क्लबका अध्यक्ष राधा बोहोराद्धारा कार्यक्रमको सफलता तथा प्रतियोगी भाइबहिनीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मूल्यांकनकर्ताका रुपमा बहिराहरुको केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख ऋषि राम देवकोटा, बहिराहरुको राष्ट्रिय महासंघ नेपालका महासचिव सन्तोष के।सी र बहिराहरुको केन्द्रिय माध्यमिक विद्यालयका शिक्षक कुल प्रसाद भट्टराई रहेका थिए । कार्यक्रममा प्रथम हुने कक्षा १० का रक्षा भँडेल, दोश्रो हुने कक्षा ८ का सुजिना नेपाल र तेश्रो हुने कक्षा १० का विपना गुरुङ्गले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल तथा सहभागी प्रतियोगीहरुले प्रमाणपत्र तथा पुरस्कार पाएका थिए । कार्यक्रममा अप्टिमिष्ट ईन्टरनेशनल नेपालका राष्ट्रिय अध्यक्ष उदय निरौलाले शुभकामना मन्तव्यका साथ धन्यवादज्ञापन गरेका थिए भने अप्टिमिष्ट क्लब अफ काठमाण्डौका अध्यक्ष पृथ्वी राज थापाले समापन मन्तव्य राखेका थिए ।  

Must View