कल्पलता बहुउद्देश्यीय सहकारी संस्था को उद्घाटन सम्पन्न
कृष्ण तिमल्सिना,काठमाडौं - कल्पलता बहुउद्देश्यीय सहकारी संस्था को उद्घाटन सम्पन्न भएको छ । विभिन्न क्षेत्रका ४० जना सदस्य मिलेर उक्त सहकारी शनिबारदेखि सञ्चालनमा आएको हो। कृषिको विभिन्न क्षेत्रमा व्यवसायिक उत्पादन गर्ने उद्देश्यका साथ कल्पलता बहुउद्देश्यीय सहकारी सञ्चालनमा ल्याएको अध्यक्ष रमेश कोइरालाले बताउनु भयो ।
२ करोड चुक्ता पुँजी र ५ करोड अधिकृत पुँजी रहेको सहकारीमा १२ जना सदस्यको ५र५ लाख र अन्य सदस्यको १ हजारदेखि ५० हजारसम्म लगानी रहेको अध्यक्ष कोईराला बताउनु हुन्छ ।
२०७८ भदौ १० गते काठमाडौं, ललिपुर र धादिङ जिल्लालाई कार्य क्षेत्र बनाएर दर्ता भएको उक्त सहकारी संस्थामा अहिले ९० लाख रुपैयाँ बचत रहेको छ । ‘सहकारी दर्ता भएदेखि नै काठमाडौं महानगरपालिका वडा नम्बर १३, कालिमाटीबाट सञ्चालन हुँदै आएको कोईराला बताउनु हुन्छ ।
उहाँको अनुसार यसै आवमा ५ अर्ब चुक्ता पुँजी र ५ जना सदस्य पुर्याउने लक्ष्य सहकारीले लिएको छ । अहिले सहकारीमा १ सय ५० जना सदस्य रहेका छन् । सहकारी स्थापना भएदेखि हालसम्म १ करोड रुपैयाँ कर्जा लगानी गरिसकेको छ ।
कल्पलता सहकारीले आगामी वैशाखदेखि सुपथमूल्य पसल सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष कोईरालाले जानकारी दिनु भयो । पहिलो चरणमा सुपथमूल्य पसल सञ्चालन गरेपछि सहकारीले दोस्रो चरणमा कृषि व्यवसायमा केन्द्रीत रहेर कृषि व्यवसायिक फर्म सञ्चालन गर्ने लक्ष्य लियको उहाँ बताउनु हुनछ ।
यसका साथै सदस्यताको आधारमा आवश्यकताअनुसार ललितपुर र धादिङमा सहकारीले सेवा केन्द्र पनि सञ्चालन तथा विस्तार गर्ने योजना रहेको कोईरालाले जानकारी दिनुभयो । रिकन्डिशन व्यवसायीदेखि ह्याचरी तथा पब्लिकेशन सञ्चालकसम्मको सहकारीमा आवद्धता रहेको पनी उहाँ बताउनु हुन्छ ।
के केमा दिन्छ सहकारीले कर्जा रु
कल्पलता सहकारीले २ वर्षे अवधिको लागि १४।७५ प्रतिशतमा सवारी साधन र घर कर्जा उपलब्ध गराउने भएको छ । ३ वर्षे अवधिको उद्योग तथा व्यापार व्यवसाय कर्जा सोही ब्याजदरमा आम सदस्यले पाउने छन् भने शैक्षिक कर्जा १४ प्रतिशतमै ४ वर्षका लागि उपलब्ध गराउने योजना सहकारीले सार्वजनिक गरेको छ ।
सहकारीले कृषि तथा पशुधन कर्जा १ वर्षको लागि साढे १३ प्रतिशतमा उपलब्ध गराउने जनाएको छ । स्वरोजगार कर्जा १४, लघु कर्जा १४।७५ प्रतिशतमा र साुमहिक जवानी कर्जा ६ महिनाको लागि १४।७५ प्रतिशतमा उपलब्ध गराउने भएको छ ।
त्यसरी सहकारीले आकस्मिक कर्जा ३ महिनाको लाग १४।७५ प्रतिशतमा, व्यक्तिगत कर्जा ३ महिनाको लागि सोही ब्याजदरमा उपलब्ध गराउने छ । सहकारीले औषधि उपचार कर्जा भने सबैभन्दा थोरै ब्याज १२ प्रतिशतमा उपलब्ध गराउने भएको छ ।
यस्ता छन् खाताका
सहकारीले मासिक बचत खाता, नारी बचत योजना, बाल बचत योजना, खुत्रुके बचत योजना, जेष्ठ नागरिक बचत योजना, श्रमिक बचत योजनाका साथै मुद्दती बचत खाता पनि सञ्चालनमा ल्याएको छ ।