आमाले छाडेर पोईला गईन , आर्थिक अभाबमा यो हालतमा छिन १५ बर्षिय रोजिना
काठमाडौँ - भकुण्डेबेसी स्थायी घर भइ हाल न्युरोड गणेशथाना मा बस्दै आउनु भएकी १५ बर्षिया रोजिना क्षेत्री २०७२ सालको भूकम्पमा पर्खालले थिचिनु भएको थियो। ८ बर्षको उमेरमा भएको उक्त घटनामा पुरिएको ठाउबाट निकाल्ने क्रममा वहाको ढाडको हड्डी भाचियो र पिसाब नली चुडिन पुग्यो। बिपन्न आर्थिक अबस्था र सानै उमेरका कारण वहाको अपरेसन त्यो बेला सम्भब भएन। त्यो बेला देखि वहाको पिसाब निरन्तर चुहिरहन्छ। एउटा मेजर पररेसन पश्चात अन्य स्वस्थ मानिस जस्तै अवस्था वहाको हुने अस्पतालले भनेको छ। अहिले डाक्टरले शारीरिक हिसाबले रोजिना अब अपरेशन गर्न सक्षम भएको र अब कृतिम पिसबनाली जोडि हाल्नु पर्ने बताएको छ। अन्यथा मिर्गौलामा समेत असर पर्न सक्ने भन्दै छिटो अपरेसन गर्नु पर्ने अस्पतालको रिपोर्टले भन्छ। उक्त अपरेशन नेपालमा सम्भब छैन।
करिब १० लाख भन्दा धेरै रकम उक्त अपरेसनका लागि लाग्ने अस्पतालले भनेको छ । थप उपचारका लागि इन्डिया जानु पर्ने बाध्यता वहाहरु संग छ। तर कमजोर आर्थिक अबस्थाका कारण अहिले थप उपचार र अपरेशन गर्ने अबस्थामा रोजिनाको परिवार हुनुहुन्न । त्यसैले तपाई सबै सहयोगी मन भएका आदरणीय व्यक्तित्व हरुलाई आफुले सक्दो सहयोग गरि रोजिनाको जिबन रक्षा गरिदिनहुन हामि पनि अपिल गर्दछौ। तपाइको सानो सहयोग रोजिनाको लागि जिबन हुन सक्छ । त्यसैले सबै मनकारी व्यक्तिहरुलाई अनुरोध छ आफुले जति सक्दो सहयोग गरि रोजिनालाई बचाईदिनोस।
निम्न आर्थिक अबस्था भएका उनको बुवा साधारण ज्यामी काम गर्नुहुन्छ। रोजिनाको आमा पनि अन्यत्र बिहे गरेर जानुभएको छ। अहिले बृध्द हजुरआमाको सहारामा जिबन जिउने सपना आखाभरि बोकेर तपाइको सहयोगको पर्खाईमा हुनुहुन्छ रोजिना। नेपाल एस बी आई बैंक को न्युरोड ब्रान्चमा रहेको राजकुमार क्षेत्री( रोजिनाको बुवा)को नाममा रहेको खाता नम्बर 17815241413748 मा आफुले सक्दो सहयोग गरी रोजिनाको जिबन रक्षा गरिदिनुहुन अनुरोध छ। थप जानकारी तथा भिडियो सामाग्री निर्माण गर्न ९८०३४५०३५६ मा सम्पर्क गर्नुहोला।
यो सामाग्री निर्माणमा सहजीकरण गरिदिनुहुने सामाजिक अभियान्ता राजु कार्कीले पनि आफुले पनि सक्दो आर्थिक सहायता रोजिनाका लागि गर्ने बताउदै सबैलाई सक्दो सहयोग गर्न अपिल गर्नु भएको छ।