नागरिक पोष्ट News


टोखा नगरपालीकामा नगर प्रमुखद्धारा “मेयर दिर्घायु कार्यक्रम” सञ्चालन

1K

काठमाडौ - टोखा नगरपालीका नगर प्रमुख प्रकाश अधिकारीले आज बिहान एक कार्यक्रमका बीच टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा “म स्वास्थ, मेरो टोखा नगर स्वास्थ” भन्ने नाराका साथ “मेयर दिर्घायु कार्यक्रम”को उदघाटन तथा शुभाआरम्भ गर्नु भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले टोखा नगरपालिकामा रहेका अशक्त ५० वर्ष माथिका, अपाङ्ग, घाइते, द्धन्द पिडित, असहाय, लोपोन्मुख जाती, अतिविपन्न परिवार र महिला तथा अल्पसंख्यक समुदायलाई लक्षित गरि मेयर दीर्घायु कार्यक्रम संचालन गरेको बताउनुभयो ।

अहिले नगरपालिकाले पहिलो चरणमा १००० जनालाई सेवा दिने कार्यक्रम रहेको छ । उहाँले आफू जनप्रतिनिधि भएर आएपछि नगरको विकासका सबै क्षेत्रहरुलाई एक साथ अघि बढाउँदै लगिरहृको र स्वास्थ्य क्षेत्रमा पनि राम्रो उपलब्धि हासिल गरेको बताए । मेयर दिर्घायु कार्यक्रममा सेवालिने टोखा नगरपालिका वडा नं। ८ का मुरारीप्रसाद पाण्डेले पहिलो सेवा लिएका थिए ।

उहाँ सेवा लिइसकेपछि तारकेश्वर हामीसँग भनेका छन् । टोखा नगरपालिकाबाट सेवा पाउँदा आफुलाई राम्रो लागेको बताउनुभयो । यस्ता सेवाहरू नगरपालिकाले निरन्तर दिन आवश्यक छ । कार्यक्रममा उपप्रमुख ज्ञानमाया डंगोलले नगरपालिकाले नगरबासिहरुका लागि स्वास्थ्य क्षेत्रमा राम्रो कार्यक्रम ल्यारहेको बताउनुभयो । टोखा–चण्डेश्वरी प्रादेशिक अस्पतालका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अबको पाँच वर्षभित्र यस अस्पतालले टिचिङ अस्पतालले दिने जत्तिकै सेवा दिन सक्ने बताउनुभयो ।

टोखा नगरपालिकाले “मेयर दिर्घायु कार्यक्रम”का लागि तीस लाख बजेट विनियोजन गरेको स्वास्थ्य शाखाले जानकारी दिएको छ । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य, नगरका वडा अध्यक्षहरु, राजनीति दलका नेता स्थानीयबासिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Must View