नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाको १० औं नगर सभा सम्पन्न

1K

काठमाडौं - तारकेश्वर नगरपालिकाको १० औं नगर सभा बुधबार सम्पन्न भएको छ । काठमाडौ निर्वाचन क्षेत्र नं। ६ का संघीय सांसद् तथा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख अतिथिमा नगर सभा सम्पन्न भएको हो ।

नगर सभालाई सम्बोधन गर्दै प्रधानले भने आफ्नो निर्वाचन क्षेत्रमा फरक–फरक दलको सांसद हुँदा विकास निर्माणका काममा एक भएर अघि बढिरहेको र जनप्रतिनिधिले सबै जनताको काम गरेको प्रशंसा गर्नुभयो । विकासमा राजनीति धेरै भयो भने विकासले गति नलिने बताए । नगरभित्र बफर जोन छेउमा भएको जग्गा पलटिङ तत्काल रोक्न स्थानीय सरकारलाई निर्देशन दिनुभयो ।

प्रधानले नगर प्रमुख रामेश्वर बोहराको कार्यबाट आफु सन्तुष्टि भएको बताएका थिए । नगर प्रमुख बोहरालाई आउँदो निर्वाचनमा स्थानी जनप्रतिनिधि वा सांसद् चुनाव उठेर जित्न शुभकामना समेत दिनुभयो ।

विशेष अतिथि काठमाडौ क्षेत्र नं। ७ का संघीय सासद तथा पुर्व सहरी विकास राज्य मन्त्री रामवीर मान्नधरले आफु मन्त्री हुँदा खोला करिडोरहरुको व्यवस्थापन गर्ने काम गरेको बताए । मानन्धरले काठमाडौंबाट नजिक रहेको नुवाकोट र धादिङको सिमानामा व्यवस्थित शहर बसाल्न सके काठमाडौंको विकासलाई बाहिर लैजान सकिने बताउनुभो । त्यस्तै विशेष अतिथि काठमाडौ जिल्ला समवन्य समितिका प्रमुख शिव सुन्दर राज वैद्यले काठमाडौं जिल्लाभित्रको सफल नगरपालिका तारकेश्वर बनेको खुलासा गर्नुभयो । त्यस्तै जिल्ला समन्वय समितिका उप–प्रमुख सरिता दाहालले १० औं नगरसभा सफलताको शुभकामना दिँदै यस नगरले गरेको नीति तथा कार्यक्रम हेर्दा विकास भएको बताईन ।

 

कार्यक्रममा नेकपा एमाले नगर इन्चार्ज विदुर अर्यालले सम्पूर्ण राजनीतिक दलहरुविच सहकार्य गरिअघि बढनुपर्ने बताए । नगरको विकासका ठूला योजनामा सबै राजनीतिक दलहरुबीच छलफल गरेर साझा एजेण्डा बनाएर नगरपालिकाले काम गर्नुपर्ने बताउनुभयो । राजनीति दलले जनताको भावना बोक्नुपर्छ । जनप्रतिनिधिले छोडेर जाँदा के के छोडेर जान्छन भनेर हेर्ने छन् ।

नेपाली काङ्ग्रेसका नगर सभापति कृष्णहरि महर्जनले तारकेश्वर नगरपालिकाको ११ ओटा वडाको विशेषता बताएका थिए । नगरपालिकामा धार्मिक एंव पर्यटकिय स्थल राम्रो रहेको छ । विकासको लागि बजेट निर्माणका लागि प्रतिपक्ष दलको पनि भुमिका रहने छ । नगरका मुख्य सडक नबनाउन नगरपालिकालाई अनुरोध गर्नुभएको थियो । अहिले साना गल्ली बाटोहरुलाई मात्र प्राथमिकता दिएको बताए ।

नेकपा माओवादी केन्द्रका तारकेश्वरका उपाध्यक्ष जगन्नाथ राजवाहकले जनप्रतिनिधिले जनताको लागि काम गनुपर्ने बताए । राजवाहले नगरपालिकाले गरेका पूर्वाधार विकासको प्रशंसा गर्दै मुख्य बाटोहरु बनाउन अनुरोध समेत गरेका थिए । त्यस्तै नेकपा समाजवादीका तारकेश्वर अध्यक्ष लवकुमार बस्नेतले भने समाजवादी पाटी ठूलो वा सानो जनताको जनमतदारा फैसला हुने बताए । विकास एउटा निरन्तर हुने प्रक्रिया हो । जनताको काम गनुपर्छ र विकासमा राजनीति गर्न हुन र कतिपय योजनाहरु वडा अध्यक्षलाई जानकारी नदिई भएको र हरेक योजना निति र नियमअनुसार भएको छैन । नगरपालिकाले नगरका मुख्य बाटोहरु निर्माणमा ध्यान दिइएन । कति बनाएका सडकहरुको गुणस्तरीयता छैन । जनताले जनप्रतिनिधिको कामको मुल्याङ्कन गरिरहेको र अबको चुनावमा नतिजा देखाइदिने बताए ।

कार्यक्रममा राप्रपा र नेपाली काँग्रेस विपि पार्टीको तर्फबाट पनि नगर सभाको शुभकामना दिएका थिए । त्यस्तै अतिथिहरूमा वरिष्ठ अर्थशास्त्री प्रा।डा। केशवराज खड्का, सामुदायिक विद्यालयका प्रअहरू, प्याव्सन, एनप्यावसनका अध्यक्षहरू लगायत लाइन्स क्लव तथा तारकेश्वरका सामाजिक अभियान्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तारकेश्वरका नगर प्रमुख रामेश्वर बोहराले नगरपालिकाले गरेको कार्य र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमका सभापति बोहराले जनप्रतिनिधिहरुले टोलटोलमा भएका विकास निर्माणका कामहरुको तस्विरहरू सामाजिक सञ्जालमा राखेर प्रचार गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालले स्वागत मनतब्य राख्दै नगरपालिकाले अहिले राजस्व क्षेत्रमा अत्यधिक वृद्धि गर्नुका साथै भौतिक पूवाधार क्षेत्रमा समेत धेरै नै फड्को मारेको बताउनुभयो । नगरसभामा उप–प्रमुख भवानी डोटेल धितालले नगरले गरेका कामहरुबारे बताउनुका साथै उपस्थित पाहुनाहरु र सबैलाई धन्यवाद मन्तब्य प्रकट गर्नुभयो । कार्यक्रमको सञ्चालन नगर प्रवक्ता विदुर सापकोटाले सञ्चालन गरेका थिए ।

Must View