लागू औषधको दुर्व्यसन मुक्त समाजको निर्माणमा लागौ !
खड्ग बहादुर श्रेष्ठ - जानी वा नजानी लागू औषधको प्रयोगमा फस्नु भनेको मान्छेको लागी पिडादायक जीवनको सुरुवात हुनु हो । धनको बर्बाद,घर परिवार, समाजको अमन चयनमा खलबल समेत सुरु हुन्छ । राम्रो अध्ययन ,ब्यापार ब्यबसाय गरिरहेका, समाजमा मर्यादित ब्यक्ति तथा परिवार भित्र जव लागू औषधको दुरुपयोगको प्रबेश हुन थाल्छ ।
त्यस पछि यसले आफ्नो नकारात्मक परिणाम मात्रै देखाउन थाल्छ ।राम्रो अध्ययन गरिरहेको बिद्यार्थी पढाइ छोड्न थाल्ने, रोजगारीमा लागेका मानिसहरु पनि लागू पदार्थको नसामा लागेर बर्बादीको खाडल तर्फ धकेलिदै जाने यथार्थ कुरा हो । लागू औषधको प्रयोगमा सबै प्रकारका मानिसहरु लागेको भेटिएता पनि सामान्यतया धनी बर्ग,एक्लो छोरा छोरी,अनि बाबु आमाको न्यानो स्पर्श नपाएकाहरुनै बढी मात्रामा संलग्न भएको पाइन्छ । यस्तो कुकर्ममा लाग्नको लागि साथीभाईको लहलहै, पारिवारिक, सामाजिक तथा साँस्कृतिक कारणलेनै बढी प्रेरित गरेको पाइन्छ । लागू औषधले बिभिन्न प्रकारका असर देखाएको पाइन्छ । यसले तत्कालै देखाउने असर पनि फरक फरक पाइन्छ ।
तत्काल देखाउने असरहरुः
प्रयोगकर्ताहरुको शरिर कमजोर हुदै जानु, हाइ हाइ गर्नु, निद्रा नलाग्नु, रातो आँखा हुनु, आँशु आईरहनु बोली लर्बरिनु शरिरमा काटिएको खत, सुईको डोब, निलडाम जस्ता चोट पटक देखिन्छन् ।मानिसको निरन्तरको स्वभाव र बोल्ने शैलीमा परिवर्तन हुनु, विनाकारण झगडा गर्नु, एक्लोपन रुचाउनु, तुरुन्तै आवेगमा आउनु तथा अचानक निर्णय बदल्नु जस्ता व्यबहार देखिन्छन । घरमा अप्रत्यासीत रुपमा पैसा तथा बहुमुल्य सामानहरु हराउदै जान्छन् र लागू पदार्थ जुटाउन चोरी तथा लुटपाट जस्ताअपराधिक घटना पनि घट्न सक्छ ।
दीर्घकालमा देखाउने असरहरुः
लाग औषध प्रयोगकर्ताहरुले एउटै सुई धेरै जनाले प्रयोग गर्नेहुनाले एच आई भि, एड्रस, हेपाटाइटिस बि, सि जस्ता रोगको कारण परिणाम मृत्यू पनि हुन सक्छ । महंगो लागू औषध जुटाउनको लागी चोरी लुट पाट तथा हत्या समेत हुने हँुदा जेल जीवन समेत बिताउनु पर्ने हुन्छ । लागू औषध नियन्त्रण ब्यूरोको एक प्रतिबेदन अनुसार सन् २०१६मा २४७२ जना,सन् २०१७मा३९४१जना ,सन् २०१८मा ४८१८जना र सन् २०१९मा ५६०७ जना लागू औषध सम्बन्धी अपराधमा जेल परेको देखिएको छ।
यस बाट पनि नेपालमा लागू औषधको नराम्रो प्रभाब दिन प्रतिदिन फैलिदै गइरहेको र हाम्रो समाज यसको जोखिम तिर उन्मुख भैरहेको सहजै अनुमान गर्न सकिन्छ । एक पटक लागू औषधको कुलतमा फसेपछि फेरि पुरानो रुपमा फर्किनु प्राय असम्भ नै हो निक्कै कठिन छ । लागु औषध दुर्व्यसनमा परेका ब्यक्तिहरु र उनिहरुलाई उपचारको लागी राखीएका धेरै उपचार तथा पुनर्स्थापना केन्द्रमा गई नजिक बाट सो समस्या सम्बन्धी हेर्दा र सबै जसो उपचार केन्द्रका सञ्चालकका भनाइ अनुसार उपचारमा आएका मध्य करिब १० प्रतिशत मात्र ठिक हुने कुराको ज्ञात भो । यसमा पनि कतिपय छिटै वा २/४ बर्ष पछि पनि त्यहि डर लाग्दो कुलतमा फस्ने गरेको पाइयो ।
उपचारको लागि मासिक खर्च कम्तिमा रु. १५०००।– लामो समय सम्म गर्नु पर्ने,निको होला या नहोला भन्ने चिन्तामा अभिभाबक रहनु पर्ने, पटक पटक नरक तिर फर्कने दुब्र्यसनले मानसिक र शारिरिक दुबै रुपमा नराम्रो क्षति पु–याउछ ।नेपालमा खासै भर लाग्दो उपचार केन्द्र नपाइनुले पनि यो दुर्व्यसनमा लाग्नु भनेको कहाली लाग्दो जीवनको सुरुवात नै हो ।
कसरि जोगाउने दुर्व्यसनबाट ?
गृह मन्त्रालयले वि.सं.२०६९ सालमा केन्द्रीय तथ्याङ्क बिभाग मार्फत अध्ययन गराएको थियो । अध्ययनबाट लागू औषध दुर्व्यसनीको संख्या ९१,५३४ जना देखिएकोमा पुरुषको संख्या ८५,२०४ (९१.१%) र महिलाको संख्या ६३३० (६.९%) रहेकोमा काठमाडौं उपत्यकामा सबै भन्दा बढि दुर्व्यसनी ३६,९९८ जना रहेको देखियो ।त्यस्तै गृह मन्त्रालयले वि.सं.२०७६ सालमा केन्द्रीय तथ्याङ्क बिभाग मार्फत अध्ययन गराएको थियो ।
अध्ययनबाट लागू औषध दुर्व्यसनीको संख्या १३०४२४ जना देखिएकोमा पुरुषको संख्या १२१६९२ र महिलाको संख्या ८७३२ रहेकोमा काठमाडौं उपत्यकामा सबै भन्दा बढि दुर्व्यसनी जना रहेको देखियो । यस प्रकार लागू औषध दुरुपयोगको अबस्था देशभरि नै डर लाग्दो अबस्थामा बढिरहेको छ । तथ्यांक अनुसार लागु पदार्थ दुरूपयोग गर्ने प्रवृत्ति खासगरी १५ बर्ष देखि १९ बर्ष उमेरका युबा समुहमा धेरै नै पाइएको छ । जुन उमेर भनेको साह्रैनै चञ्चल र उत्ताउलो अबस्था हो। लागु पदार्थ दुरूपयोग गर्ने प्रवृत्ति विश्वव्यापी रूपमा समस्याको रूपमा रहेको छ । माथी उल्लेख गरे अनुसार समस्या दिनहु बढ्दो छ । बढ्रदो समस्या लाई घटाउन सबै पक्ष्यले आफ्नो आफ्रने भुमिका निर्बाह गर्नु पर्छ । जसअनुसार,
अभिभावकको भुमिका:
- आफ्नो बालबालिकालाई उचित पारिबारिक स्नेह र सद्भाबको ब्यबहार गर्ने ।
- कुनै पनि कुरा खुलस्त गर्नसक्ने बाताबरण मिलाउने ।
- छोरा छोरीलाई साथी जस्तो ब्यबहार गर्ने ।
- जीवन उपयोगी शिक्षा र ब्यबहारी बनाउन कोसिस गर्ने ।
- उनिहरुको रुचि ,इच्छा र चाहनालाई ध्यानमा राखेर काम गर्नु ।
- सबै भन्दा महत्वपुर्ण कुरा अभिभाबकले पनि आफ्नो गल्ति स्वीकार गर्ने ।
- आफुमा भएको खराब पक्षलाई सुधार गर्ने ।
शिक्षकको भुमिकाः
शिक्षक प्रति बिद्यार्थी पुर्णरुपमा बिस्वास रहने हुदा शिक्षक आफु चरित्रबान, आदर्शबान हुनुपर्छ जस्को राम्राराम्रा ब्यबहार अनुसरण गर्न सकुन । तसर्थ शिक्षकका निम्नानुसार कर्तब्य रहनु पर्छ ।
- बिद्यार्थीहरुलाई सहि सुचना दिनु पर्छ ।
- आफु बिद्यार्थीहरुको लागी नमुना पात्र बन्नु पर्छ ।
- बिद्यार्थीहरुको समस्या पहिचान गरी समस्या समाधानमा सहयोग गर्नु पर्छ ।
- लागू पदार्थको प्रयोग , दुर्व्यसन, एच आई भी / एड्स , हेपाटाइटीस् बीचको सम्बन्धको जानकारी गराउनु पर्छ ।
- आत्मबिस्वासको बिकास गराइदिने गर्नु पर्छ ।
- असल र खराब कामको बारे जानकारी गराउदै उनिहरुलाई सृजनात्मक काम प्रति पेरित गर्नुपर्छ ।
बिद्यार्थीको भूमिका :
- चिकित्सकको सिफारिस विना औषधी सेवन नगर्ने र परिवारका सदस्यलाई पनि सेवन नगर्न सल्लाह दिनुपर्छ ।
- परिवारका सदस्यहरुलाई मादक पदार्थ सेवनबाट टाढा रहन सल्लाह दिने दिनु पर्छ ।
- नचिनेका व्यक्तिहरुले दिएको कुरा सेवन गर्नुृ हुदैन ।
- औषधी प्रयोग गर्दा तोकिएको मात्रा र समयलाई ध्यान दिनु पर्छ ।
- अनावश्यक विषयमा कौतुहलता राख्नु हुदैन ।
- आफ्नो समस्या खुलेर शिक्षक वा अभिभाबक समक्ष राख्न पर्छ ।
नागरीक समाजको भूमिका
समाज रहने सबै नागरीकहरुको समाज प्रति केहि न केहि भूमिका हुन्छ । त्यसलाई सहि रुपमा प्रदर्शन गर्नु समाज देश अनि उ स्वयमंको लागी हितकर हुनेछ । घुम्दै फिर्दै यो लागू औषधको समस्यामा हामी हाम्रो समाज कहि न कतै फस्दै गइनै रहेको छ । तसर्थ नागरीक समाजले पनि यसको बिरुद्ध निम्नानुसार भूमिका खेल्नु पर्छ ।
सर्बप्रथम आफ्नो टोल छिमेकलाई कसरि लागू औषधको दुर्व्यसनबाट जोगाउन सकिन्छ भनि सचेत हुनु पर्छ । यदि कोही दुर्व्यसनमा लागेको पाइएमा सुधारको लागी अभिभाबकलाई सहयोग गर्नुपर्छ । त्यस्तै लागू औषधको दूरुपयोग बारे थाहा पाउना साथ सुरक्षा निकायमा खबर गरी दिनु पर्छ । नेपालमा लागू औषध दुर्व्यसन अत्यधिक मात्रामा बढीरहेको तथा ओसार–पसारको क्रियाकलापहरू पनि बढीरहेको हुँदा देशका होनहार युवा जमात लागू औषधको कुलतमा फसी वर्वादी तर्फ उन्मुख भैरहेका छन । उनीहरूको स्वास्थ्य रक्षाका साथै उनीहरूलाई उपचार तथा पुनर्स्थापना कार्यक्रमहरू सरकार द्वारा प्रभाबकारी रुपमा नल्याएमा यो समस्या अझ भयङ्कर हुन्छ भन्ने जस्ता आवाजहरू सम्बन्धीत सरोकार समुहरूद्वारा बरोबर उठ्ने गरेका पाइन्छन् । तसर्थ यो भयंकर रुपमा फैलदै गइरहेको दुर्व्यसन घटाउन माथि उल्लेख गरे अनुसार सबैले आफ्रनो आफ्नो क्षेत्रबाट सकृय रुपमा लाग्नु नै आजको अपरिहार्य बिषय हो ।
सन्दर्भ सामग्रीहरु: गृृह मन्त्रालय, सुरक्षित जीवन बिभिन्न अंकहरु, गृह मन्त्रालय, लागु औषध नियन्त्रण कार्यक्रम , CBS,(2013), Suvey Report of Hard Drug Users, 2013, CBS.
लेखक श्रेष्ठ लागू पदार्थ दुर्व्यसन बिरुद्धका अभियन्ता हुनुहुन्छ। साथै गृह मन्त्रालय अन्तरगत राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभागमा कार्यरत कर्मचारी हुनुहुन्छ। वहाको बारेमा थाहा पाउन यो भिडियो हेर्नुहोस !