नागरिक पोष्ट News


६ प्रतिशतले बढ्यो सेयर बजार, लगानीकर्ताले हेर्नुपर्ने अबको विन्दु कुन हो ?

1.2K

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर काराेबार मापक नेप्से परिसूचक ६.०१ प्रतिशत अर्थात् १३७.१८ अंकले बढेर २४१८.८४ विन्दुमा पुगेकाे छ । सेन्सेटिभ परिसूचक पनि २२.७२ अंकले बढेर ४६०.३० विन्दुमा पुगेको छ ।  कूल २२० वटा कम्पनीकाे ४० लाख ८५ हजार ९ सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८४ करोड २६ लाख ४७ हजार एक सय ४४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

बजार धेरै घटेर प्राय: सबै कम्पनीका सेयरहरू निकै सस्तोमा आइसकेपछि लगानीकर्ताहरुले खरिद बढाउँदा बजार १०० अंक भन्दा धेरैले बढेको जानकारहरुको भनाइ छ।

बजार धेरै दिनदेखि लगातार घटेर २२५५ को विन्दुसम्म आएको थियो। यसअघि बजार घट्न थालेको विन्दु २८२५ र २२५५ लाई लिएर फ़िबोनासि रिट्रेश्मेण्ट लगाएर हेर्दा । ०.२३६ को लेभलको विन्दु २३९० हो। यदि बजार २३९० भन्दा माथि माथि नै रहन सकेको अवस्थामा २२५५ को विन्दुलाई नै यो डाउन ट्रेन्डको बटमको रुपमा लिन सकिनेछ। बजार बढ्दै गएको खण्डमा हेर्नुपर्ने अर्को महत्वपुर्ण विन्दु २४७२ हो। त्यो विन्दुलाई क्रस गर्दै बजार बढ्यो भने नेप्सेको यात्रा अझै माथिको हुन सक्ने अनुमान गर्न सकिन्छ।

No description available.

Must View