नागरिक पोष्ट News


दुप्चेश्वर गापाको सुज अभियान सम्पन्न, उत्साहका साथ यसरी गरे दर्जनौले जसपा प्रबेस 

2.4K

सबु बस्नेत , काठमाडौँ -  नुवाकोट जिल्ला स्थित दुप्चेश्वर गापामा जनता समाजबादी पार्टी (जसपा )को जारी देशब्यापी अभियान  सुज अभियान अन्तर्गतको एक कार्यक्रम सनिबार सम्पन्न भएको छ।   केन्द्रिय कारिणी सदस्य एबम वन तथा वातावरण मन्त्री रामसहाय यादवको प्रमुख आतिथ्यतामा  समुन्द्रटारको रुक्मणी माविमा सम्पन्न कार्यक्रमले  जय प्रकाश तमाङको नेतृत्व मा ५१ सदस्यिया कमिटि  गठन गरेको छ । 

उल्लासमय रुपमा सम्पन्न कार्यक्रममा  जसपा केन्द्रिय सदस्य तथा नुवाकोट क्षेत्र नं १ सुज संयोजक जेसिका जेसिका लामा, दलित मुक्ति महासंघ उपाध्यक्ष इन्द्रबहादुर वि.क. ,केन्द्रिय परिषद सदस्य तथा जनजाती महासंघका उपाध्यक्ष न्हेमा ह्योल्मो, जसपा नुवाकोटका जिल्ला अध्यक्ष ईश्वरकुमार रावत, समाजवादी किसान महासंघका केन्द्रिय महासचिव कृष्णराज तिमल्सिना ,समाजवादी ट्रेड युनियन महासंघका केन्द्रिय उपमहासचिव गोकर्ण अधिकारी ,जसपा जिल्ला उपाध्यक्ष केशव पुडासैनी ,नुवाकोट काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष चन्द्रप्रशाद पौडेल ,समाजवादी युवासंघ वाग्मती प्रदेश उपाध्यक्ष रामकृष्ण ढकाल ,जिल्ला सचिवालय सदस्य घ्युर्मी शेर्पा ,क्षेत्र नं १(ख) सु ज संयोजक शविर श्रेष्ठ ,शिवपुरी गापा सुज संयोजक रामबहादुर खाती, पञ्चकन्या गापा सु ज संयोजक सानुकान्छा कंडेल लगायतका नेता तथा कार्यकर्ताको आतिथ्यथा  रहेको थियो।

सम्पन्न भेलाले ५१ सदस्यीय दुप्चेश्वर गाउँपालिकाको सु ज अभियान समेत उद्घाटन गरेको  छ। जस्को संयोजकमा जयप्रकाश तामाङ ,सहसंयोजकमा प्रेम तामाङ ,सचीवमा सुवाश तामाङ र कोषाध्यक्षमा वुद्विविर तामाङ रहेका छन् । कार्यक्रममा  काँग्रेस, माओवादी परित्याग गर्दै ५० भन्दा युबा हरु पार्टी प्रबेश समेत गरेका छन् ।   

Must View