नागरिक पोष्ट News


कांग्रेसको १४ औं महाधिवेशन रौनकता, को को भिड्दैछन् सभापतिमा ?

0.9K

काठमाडौंको भृकुटीमण्डमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन रौनकता छाएको छ । ७७ वटै जिल्लाबाट महाधिवेसन प्रतिनिधिहरु ओइरिएका छन् । सहमतिको त कुरौ छोडौ । एक प्यानल पनि होइन चार चार प्यानल खडा भएका छन् । 

सभापतिमा देउवाले गराए उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउनु भएको छ । उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार हुनु भएको छ । अर्कोतिर महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेदवार बनाइएको छ । 

सभापति देउवाको सचिवालयका अनुसार महिला कोटाको सहमहामन्त्रीमा मकवानपुरकी महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा पाँचथरका भीष्मराज आङ्देम्बे, दलितर्फको सहमहामन्त्रीमा अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, मधेशीतर्फको सहमहामन्त्रीमा धनुषाका महेन्द्र यादव रहनु भएको छ ।

अन्यमा खस आर्यतर्फको सहमहामन्त्रीमा बर्दियाका किशोरसिंह राठौर, थारु तर्फको सहमहामन्त्रीमा बाराका उमाकान्त चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा बाराकै फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा हुम्लाबाट जीवनबहादुर शाहीलाई उम्मेदवार बनाइएको छ ।

शेखर कोइराला पक्षको उम्मेदवार(नामवलीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला पक्षले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ ।

 सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको जानकारी दिएको हो ।

अर्कोतिर सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ रहनु भएको छ ।

काँग्रेस सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी

नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले औपचारिक कार्यक्रम गरेर सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

 नेता सिंहले राजधानीमा सभापति पदमा उम्मेदवारी घोषणा गर्न छुट्टै कार्यक्रम गर्नुभएको हो । सिंहले आफ्नो समूहबाट उपसभापतिमा सुजाता कोइरालालाई अगाडि सार्नुभएको छ । उम्मेदवारी घोषणा कार्यक्रमपछि मनोनयन दर्ता हुनेछ ।

सभापतिमा विमलेन्द्र निधिले दिए उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार दिउँसो भृकुटीमण्डपस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

२५ वर्षसम्म सभापति शेरबहादुर देउवासँग सहकार्य गरेका निधिले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफैं सभापतिमा उठ्ने बताएपछि निधिले छुट्टै उम्मेदवारी दिएका हुन् ।

Must View