नागरिक पोष्ट News


बेलायतमा एकैदिनमा ५८ हजारभन्दा बढी कोरोना संक्रमित, ४४८ जनामा ओमिक्रोन पुष्टि

1.3K

लन्डन : बेलायतमा एकैदिनमा करिब ६० हजार जनामा संक्रमण देखिएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५८ हजार १९४ संक्रमित फेला परेका छन् ।

बेलायतमा हालसम्म संक्रमितको संख्या एक करोड ७ लाख १९ हजार १६५ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र थप ४४८ जनामा ओमिक्रोन पुष्टि भएको छ । योसँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार २६५ पुगेको छ ।

यसैगरी गत २४ घन्टामा १२० जनाको ज्या’न ग’एको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा ज्या’न गु’मा’उनेको संख्या एक लाख ४६ हजार २५५ पुगेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा २५९ जना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ४७२ पीसीआर र ४ हजार १५ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार ५१४ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ९९७ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३३७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार २३७ पुगेको छ। उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ। हाल ९७ जना क्वारेन्टाइनमा छन्। ११५ जना आइसीयू र ३१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लाे २४ घण्टामा देशभर ३ लाख २९ हजार ३२१ जनाले विरुद्धकाे खाेप लगाएका छन्।

Must View