नागरिक पोष्ट News


लैंगिक हिंसा विरूद्धको १६ दिन अभियानको कानुनी सचेतना कार्यक्रम सम्पन्न

1K

काठमाडौं - तारकेश्वर नगरपालिकाको आयोजनामा आज लैंगिक हिंसा विरूद्धको १६ दिन अभियानको अन्तिम दिन कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

तारकेश्वर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा, लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वर र ओरेक नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, वडा नं। ६ का अध्यक्ष मधु कार्की र शाखा प्रमुखहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कानुनी प्रशिक्षकको रुपमा ओरेक नेपालका अधिवत्ता रक्षा गिरीको सहभागिता रहेको थियो ।

लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वरका ६ का प्रमुख गीता पनेरुको सभापतित्वमा भएको कार्यक्रममा लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वरका संयोजक देविना कार्की ९बिना० ले कार्यक्रमबारे प्रष्ट पारेका थिए । कसैको इज्जत जालाकी भनेर महिलाहरुले हिंसा सहेर बस्ने गरेको बताउनुभयो । हिंसाको विरूद्ध नलडेसम्म हिंसा परिरहन्छ ।

त्यस्तै कार्यक्रममा बोल्दै अतिथि वडाअध्यक्ष मधु कार्कीले नेपाली समाजमा सासु र बुहारीबीचको विभेद अझै बाँकी रहेको बताएका छन् । त्यस्तै हिंसाको स्वरूपमा परिवर्तन आइरहेको छ आजभोली महिलाहरु गर्भवती हुने वित्तिकै भिडियो एक्स–रे गरेर हेर्नुपर्ने गर्भमा छोरा नभएर छोरी भएमा तत्काल गर्भपतन गराउने चलन रहेको हुँदा यो महिला हिंसाको अर्को चरम रूप हो ।

कार्यक्रममा बोल्दे विशेष अतिथि शिवप्रसाद लम्सालले तारकेश्वर नगरपालिका लैंगिक हिंसा विरूद्धको अभियानमा प्रतिवद्ध भएर लागेको बताउनुभयो । १६ दिन मात्र होइन वर्षभरी नै लैंगिक हिंसा दिवस मनाउन आवश्यक छ । विशेष अतिथि नगर उपप्रमुख भवानी डोटेल धितालले हिंसा कसैले पनि गर्नु हुँदैन, गराउनु पनि हुँदैन र हिंसा गर्न प्रोत्साहन गर्नु हुँदैन । हिंसा विरूद्धको अभियान कहिल्यै पुरा नहुने भएकाले यो निरन्तर गर्दै जाने बताउनुभयो । हिंसा कहिल्यै सकिने छैनन् बरु घटाउँदै लान सकिन्छ ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख रामेश्वर बोहराले हिंसा नियन्त्रण गर्न ओरेक नेपालको प्रशिक्षण लिन सबैलाई अनुरोध गर्नुभयो । तारकेश्वर नगरपालिका लैंगिक हिंसा विरूद्धको अभियान सञ्चालन गर्न प्रतिवद्ध छ । नेपालमा सार्वजनिक ओहोदाका व्यक्तिहरुबाट पनि हिंसा भएको देखिन्छ । आजभोली मानसिक हिंसा धेरै हुने गरेको छ । अर्को एक प्रसङ्गमा बोहराले भने – हावापानीका कारण पनि मानिसको भाषाशैली फरक हुनेगर्दछ । प्रत्येक १०–१० किलोमिटरमा फरक फरक हावापानीले मानिसको सोचाईमा फरक ल्याउँछ ।

पहिलो चरणको कार्यक्रम समापन भएपछि ओरेक नेपालका प्रशिक्षक अधिवत्ता रक्षा गिरीले प्रोजेक्टरबाट कानुनी सचेतनाको कक्षा सञ्चालन गर्नुभएको थियो । आजको कार्यक्रममा तारकेश्वरका ११ वडाका प्रत्येकबाट २–२ जना महिला सदस्य र लैंगिक हिंसा तारकेश्वर सञ्जालको सबै वडाहरुबाट सबैले सहभागिता जनाएका थिए।

Must View