नागरिक पोष्ट News


क्रान्ति के.सी.को निर्देशित आर्यन र करुणाको अभिनयमा ‘दौतरी’

0.9K

मेघ पौडेल र मञ्जु लामा गुरुङको स्वर रहेको गीत ‘दौतरी’ सार्वजनिक भएको छ । सारिका घिमिरेको शब्द, योगेशकाजीको सङ्गीत तथा सङ्गीत संयोजन, पवन विकको रेकर्डिङ र योगेशकै मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

एसएमएस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोलाई एसपी गुरुङले निर्माण गर्नुभएको हो । क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको भिडियोमा आर्यन सिग्देल र करुण श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

भिडियोमा अजय रेग्मीको छायाँकन रहेको छ ।

 

Must View