नागरिक पोष्ट News


कोरोनाको नयाँ भेरियन्टबाट बच्न रुपन्देहीमा सर्तकता अपनाउन थालियो

644

काठमाण्डौँ - कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन भारतीय बजारहरुमा देखिन थाले पछि रुपन्देहीमा पनि सर्तकता अपनाउन थालिएको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणका हिसावले जोखिम क्षेत्र मानिएको छ । भारतीय सीमा नाका रहेको रुपन्देही जिल्ला उच्च जोखिम भएको जिल्लाको रुपमा लिइएको छ ।

कोभिड– १९ सङ्कट व्यवस्थापन समिति डिसिसिएमसीको बैठक नै बसी रुपन्देहीमा उच्च सर्तकता अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । बढी भिडभाड हुने क्षेत्र, रुपन्देहीको बेलहिया नाका, अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार समेत गरिएको उहाँले बताउनुभयो । सीमा क्षेत्रमा मास्क र सेनिटाइजरको प्रयोगलाई कडाइ गर्दै खोपको मात्रा पूरा भएको वा नभएको समेत निगरानीमा राख्ने गरी संयन्त्र परिचालन भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताउनुभयो ।

उहाँका अनुसार शङ्कास्पद भए ‘रेपिड एन्टिजोन टेष्ट’ गरिनेछ । सीमा क्षेत्रमा शङ्कास्पद भेटिएका नागरिकमा रेपिड एन्टिजोेन टेष्ट पोजेटिभ देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय प्रयोगशालाको समन्वयमा उपचार गरिने छ ।

 

 

Must View