सन्तुलित पोषण सम्बन्धि कार्यकर्म सम्पन्न
काठमाण्डौँ - नागार्जुन स्थित रानिबन काठमान्डुमा हिमालया वालडरफ स्कुलमा पोषण सम्बन्धि कार्यकर्म सम्पन्न गरियो। अहिले भर्खर बिधयालयहरु संचालन भएको हुँदा बालबालिकाको उच्च भविष्यको शिक्षाको साथै स्वास्थ पनि एक ठूलै योगदान रहेको भन्दै स्कुलका प्रिन्सिपल तथा अन्य शिक्षक शिक्षिकाले पोषण सम्बन्धि कार्यकर्म संचालन गरेकोे बताउनु भयो । उक्त कार्यकर्म कीर्तिपुर अस्पतालकी पोषण विज्ञ मिरा शाह ले पोषण सम्बन्धी जानकारी दिनुभयो । सानै देखी पोशिलो, स्वास्थ्यबर्दक खानेकुराको बारेमा जानकारी गराउनु अहिले एक्दमै जरुरी रहेको समेत बताउनु भयो। आफ्ना बाल बालिका स्कुलमा राम्रो शिक्षा को साथै स्वास्थ भोजन पनि खाइरहेको छ भने हरेक अबिभाबकको चाहना रहेको प्रिन्सिपलले बताउन भयो। पहिला तँ राम्रो कुन स्कुल छ मात्रै सबैले खोज्नु हुन्थ्यो तर अब कुन स्कुलमा समुचित स्वस्थकर खानेकुरा को व्यवस्था छ , त्यो नि अब धेरै अभिभावकले चाहनु भएको भताउनु भयो । बाल बालिका सँग पोषण सम्बन्धि कुराहरूको स्लाइड र सबै सँग प्रश्नहरुको सहज तथा बुझ्ने गरी सबैजनाको उत्तर दिनुभयो । बाल बालिकाको पहिलो खुडकिलो विधालय हुने भएकोले शिक्षा , संस्कार सँगै पोषणको सही जानकारी हुनु सबैको आबश्यक्ता हो बताइन् । किनभने सनै देखी बाहिरको खानेकुरा मात्रै खाने, पसल सामु जाने बित्तिकै जिद्दि गरेर आमा बाबा लाई खानेकुरा किनिदिन भनेर बाध्य भएँको हुनाले पोषणको समुचित जानकारी हरेक बाल बालिकालाई हुनु नितान्त आबसयक रहेको कुरा त्यहाँको अभिभावकले भन्नुभयो ।
बहिरका खानेकुरा सधैं खानु उचित होइन, अहिले बढी ६ वर्षदेखि १७ वर्षका बाल बालिकाहरुमा कुपोषणको शिकार भएको बिभिन्न अध्ययले देखाएको छ । झन शहरमा तँ धेरैजसो अभिभावकहरु काम, आफ्नो ब्यब्सायमा जाने हुँदा स्कुलमा त्यारी खानेकुराहरु समेत खाजामा दिएको पाइएको छ । तर अहिले स्कुलहरुमा नर्स जस्तै पोषण विज्ञ पनि राख्ने ब्यब्स्था प्रचलनमा आइरहरेको छ । शिक्षा र स्वास्थ एक अर्काको परिपुरक हो भन्ने कुरा मिरा शाहले बताइन् , अहिले वहाले धेरै स्कुल तथा अन्य सङ्घ संस्थामा आफ्नो पोषणको कार्यकर्म गरिरेहेको जानकारी दिनुभयो । घरमा बनाएको खानेकुराहरुमा सबै प्रकारका पोषक तत्वहरु पाइने र निरोगि हुने, कम खर्चिलो र रोग प्रतिरोधात्मक क्षमता हुने समेत भन्नुभयो ।