नागरिक पोष्ट News


नैतिकता र इमान्दारिताको अर्को नाम - प्रशासक ' खड्गबहादुर श्रेष्ठ ' ( भिडियो सहित )

1.6K

सबु  बस्नेत , काठमाडौँ - ईमान्दारिता  मानिसको  सबै भन्दा ठुलो गहना हो । तर पछिल्लो समयमा  नैतिकता र इमान्दारिताको खडेरी मानिसको ब्यबहारमा बढिरहेको आरोप लाग्ने गरेको छ। तर यी सबै पृष्ठभूमिमा एक अपबाद जस्तै बनेका व्यक्तित्व हुनुहुन्छ खड्गबहादुर श्रेष्ठ ।  तिन  दशक लामो सरकारी सेवाको क्रममा थुप्रै आरोह अबरोह पार गर्दै निरन्तर सरकारी सेवामा रहनुभएका श्रेष्ठको बाल्यकाल काठमाडौँ को बुढानिलाकण्ठ स्थित पासिकोट मा बित्यो। आफ्नो  बाल्यकाल र अहिलेको अबस्थालाई समझदा आखा अघि नै वहाले देख्नु भएको परिबर्तन मा आकाश जमिनको फरक छ। 

जतिसुकै अफ्ट्यारो परिस्थिति आइलाग्दा पनि वहाले आफ्नो पढाइलाई सधै नै पहिलो प्राथमिकतामा राख्नु भयो। त्यही त्याग र तपस्याको कारण नै अहिले वहा एक सफल र इमान्दार कर्मचारीको रुपमा आफ्नो  छबि स्थापित गर्न सफल हुनु भएको छ ।  उमेर संगै पारिबारिक जिम्बेवारी पनि बढ्छ नै। त्यो परिस्थिति वहाले पनि टेस्ट परीक्षा पास  गरे लगत्तै जागिर खानुपर्ने बाध्यता र दबाब  परिवारबाट आउन थाल्यो। सरकारी जागिर खाएर जनताको सेवा गर्ने सोच सानै देखि भएका श्रेष्ठले टेस्ट परीक्षा लगत्तै मुखिया पदमा जागिर खानु भयो। 

परिवार , पढाई र जागिर लाई निरन्तर रुपमा वहाले संग संगै म्यानेज गरेर लागि रहनु भयो।  जागिरसंगै सामाजिक  कामहरुमा समेत वहा निरन्तर रुपमा क्रियाशील रहनु भयो। गाउघरमा हुने प्राय बिकास निर्माण लगायतका कामहरुमा सचिब बनेर काम गरेको अनुभब वहासंग छ।  करिब २३ बर्ष हुलाक सेबा अन्तर्गत कार्यालयहरुमा, २ बर्ष यातायात कार्यालयमा , केहि समय स्थानिय बिकास मन्त्रालयमा र बाकी अबधि गृह मन्त्रालय अन्तरगतका कार्यलयहरुमा काम गरेका   श्रेष्ठका सरकारी क्षेत्रमा थुप्रै  अनुभव छ । २०४८ सालमा कर्मचारी आन्दोलनमा सहभागि भए बापत २८ दिन प्रहरी हिरासतमा बस्नु परेको र त्यसबाट सरकारी कामबाट  निलम्वन गरेको नमिठो घटना उहासँग आज पनी ताजै रहेको छ ।  सरकारी सेवामा मिति २०४०। माघ ।०१ देखी प्रबेश गरी कुल ३७ बर्ष समय उहाँले यस क्षेत्रमा विताईसक्नु भएको छ । 

 

उतिबेलाको बिबाहको परिपाटी पनि छुट्टै भएको वहाको अनुभब छ। किसोर अबस्थामै वहाको बिहे भयो। जागिर कै क्रममा तत्कालिन नेपाली कांग्रेसको सरकारले संखुवासभा जिल्ला हुलाकमा सजाय स्वरुप उहाँलाई सरुवा गरेको थियो ।  त्यसपछि वहाको सरुवा गृह मन्त्रालय अन्तर्गतका कार्यालयहरुमा भयो।  करिब छ बर्ष लागु औषध नियन्त्रण कार्यक्रममा कार्यरत रहदा हजारौ बिद्यालयमा गैह्र सरकारी संस्था संगको सहकार्यमा लागु औषध दुर्बेसनी बिरुद्द चेतनामुलक कार्यक्रममा प्रशिक्षण गर्ने अबसर मिलेको खड्ग बहादुर श्रेष्ठलाई देश भित्रका सबै जसो लागु औषध उपचार तथा पुन स्थापना केन्द्रमा अनुगमनका लागि  जाने अबसर समेत मिलेको थियो । उहाँले गृह मन्त्रालयमा लागु औषधी प्रयोगकर्ताहरुको लागि आबस्यक पर्ने परामर्श दाता सम्बन्धी तालिम चिनबाट लिनु भएको थियो । साथै नेपालमै कोलम्वो प्लान अन्तर्गत परामर्श दाता तालिम हासिल गरि उक्त कार्यमा प्रशिक्षण तथा परामर्श दिन समेत उहाँ सक्षम हुनुहुन्छ ।

करिब २ बर्ष जिल्ला प्रशासन कार्यालयमा कार्यरत रहदा उहाको स्वास्थ्य अवस्थामा अलि अलि समस्या आए पनी कार्यालयले तोकेको दैनिक जिम्मेबारीका साथै बिभिन्न अनुगमन कार्यमा रात दिन सकृय रुपमा खटीइ सेबा प्रदान गर्ने श्रेष्ठ आफ्नो काम प्रति निकै नै कर्मनिष्ठ रहेका थिए । आफ्नो कार्यकालमा विभिन्न ठाउँमा गई अनुगमन मात्र गर्नु भएन साथमा धेरैलाई सुमार्गको बाटो पनी सिकाउनु भयो । उहाँले २०७५ सालमा चन्द्रागिरी नगरपालिका स्थित सतुङ्गलमा रहेको एक गोदाममा १३ ट्रिपर म्याद नाघेका तथा पुन म्याद थपेर बजारमा जान लागेका  बिभीन्न ब्राण्डका चकलेटहरु बरामद गरि नष्ट गर्नुका साथै कार्बाहिको लागि समेत वाहाले सिफारिस गर्नुभएको थियो ।  त्यस्तै मिति २०७६।११।१२ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले काठमाण्डौँ महानगरपालीका वडा नं। १०, २९ र ३१ मा रहेका केहि सरकारी जग्गाहरुको बारेमा अध्यन गरि प्रतिबेदन पेश गर्न खड्ग बहादुर श्रेष्ठको संयोजकत्वमा बनेको टोलीले १ महिना भित्रै प्रतिबेदन पेश गरी सरकारलाई बुझाएको र त्यस पश्चात सरकारले उक्त जमिन फिर्ता लिन सफल पनि  भएको छ । यसरी आफुले गरेको कामले सार्थकता पाएपछि आफुलाई खुशी लागेको अनुभव हामी सँग साट्नु भयो ।

 

इमान्दारिता पुर्बक काम गर्दा कहिलेकाही गलत नियतका ब्यक्तिहरुबाट  काम मा बाधा आएर गर्न नसकिएको अनुभूति पनि वहा संग छ।सरकारी जागिर खाएर आम जनताको सेवा गर्ने रहर  अहिले पनि प्राय सबैको हुने गर्दछ।  सरकारी सेवामा आउन चाहने युवा पुस्तालाई वहा समेत  अभिप्रेरित गर्नु हुन्छ।  

बिस्वब्यपी महामारी कोरोनाको समयको स्मरण भने  सारै नै नमिठो छ। मृत्युलाई जितेर अहिले आफुले पाएको जिबनलाई वहा बोनस जिबनको रुपमा चित्रण गर्नुहुन्छ। दुख , संघर्ष , सफलता हुदै सम्पन्नताको सम्म अनुभूति गरेका श्रेष्ठले जिबनलाई संसारकै  अमुल्य  निधि  भएको बताउनु  हुन्छ। हामि यो संसारको आगन्तुक  पाहुना भएको बताउदै वहाले बाचुन्जेल सकारात्मक काम गरि समाजलाई खराब चिजबाट बचाउन सबै लाइ आग्रह गर्नुहुन्छ। 

समयको फेरो समाउदै जिबनको यात्रामा लम्किरहदा धेरै कुराहरुको अनुभूति हरेकले व्यक्तिले गरेका हुन्छन । कयौका साथ् छुट्छन त् कयौ सहयात्री बन्न जोडिन आईपुग्छन। तर तपाइँ सधै तपाई नै रहनुहुन्छ। तपाइले गर्ने हरेक ब्यबहारले जोडीने  या छुट्टिने सबैमा असर गरेको हुन्छ नै।  यहि कुरालाई मध्यनजर राख्दै निरन्तर सकारात्मक कर्ममा आफुलाई समर्पित गर्ने प्रेरणा खड्गबहादुर श्रेष्ठको जिबन कहानी बाट पाउन सकिन्छ। इमान्दारिता नै श्रेष्ठको जिबनको सबैभन्दा ठुलो गहना र पहिचान हो। सबैलाई समान ब्यबहार गर्दै निरन्तर रुपमा सरकारी सेवामा समर्पित रहनुभएका खड्गबहादुर श्रेष्ठको सुस्वास्थ र दिर्घ जिबनको हार्दिक सुभ कामना !!

style="text-align:justify"> 

 

 

Must View