नागरिक पोष्ट News


स्थानीय तह विभागका उपप्रमुखमा सुशासनका अभियन्ता प्रकाश विकल्प

0.9K

काठमाडौं -  लेखक एवम् सुशासनका अभियन्ता प्रकाश विकल्प नेकपा (माओवादी केन्द्र) ले गठन गरेको स्थानीय तह विभागका उपप्रमुख बनेका छन् ।  पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसँगै प्रकाशलाई विभागको नेतृत्व पनि दिइएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको संयुक्त आन्दोलन परिचालन सचिवालयमा यस अघि विकल्प थिए । हाल उक्त विभागको प्रमुखमा उर्मिला अर्याललाई जिम्मेवारी दिइएको छ ।

परिबर्तनका संवाहक र सकारात्मक परिबर्तनको विकल्प बाहेक अरु नदेख्ने कमरेड प्रकाश विकल्प, नेकपा माओवादी केन्द्र, स्थानिय तह विभागको उपप्रमुखको जिम्मेवारी प्राप्त गर्नु भएकोमा नागरिक पोष्ट डट कम हार्दिक सलाम सहित उहाँलाई कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ । 

माओवादीमा सक्रिय उनले ‘देश किन बनेन’, ‘समृद्धिको रोडम्याप’ लगायतका पुस्तक समेत लेखी सकेकाका छन् ।

Must View