नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाको आयोजनामा स्वयमसेविका सम्मान कार्यक्रम सम्पन्न

672

काठमाडौं - तारकेश्वर नगरपालिकाको आयोजनामा स्वयमसेविका सम्मान कार्यक्रम सम्पन्न भएको छ । १८ औँ स्वयम्सेविका दिवसको अवसरमा नगरपालिकाले राखेको कार्यक्रममा तारकेश्वरका ११ ओटा वडाका १–१ जना उत्कृष्ट स्वयमसेवीकाहरुलाई प्रति व्यक्ति करसहित ३००० नगदसहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा नगर प्रमुखले सम्मानित व्यक्तिहरुलाई माला लगाइदिएका थिए भने प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्सालले खाममा राखेर नगद पुरस्कार दिनुभएको थियो ।

तारकेश्वरको स्वयमसेविकाका अध्यक्ष मिना थापाको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । त्यस्तै विशेष अतिथिमा प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल र प्रशासन शाखा प्रमुख होमनाथ न्यौपानेको सहभागिता रहेको थियो । कार्यक्रममा अतिथिहरुमा वडाअध्यक्षहरु, नगरका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

नगर स्वास्थ्य शाखाको राधा थपलियाले सञ्चालन गर्नुभएको कार्यक्रममा तारकेश्वर ११ का स्वयमसेविकाहरुले गीत प्रस्तुत गरेका थिए । त्यस्तै वडाअध्यक्ष बिन्दा बुढाथोकीले सुरुमा १ लाइन गीत गाएर स्वयमसेविका दिवसको शुभकामना प्रदान गरेका थिए । बुढाथोकोलीले वडाअध्यक्षमा निर्वाचित हुनुभन्दा अगाडी आफु पनि स्वयम्सेविका भएर काम गरेको हुँदा विगतको स्थितीलाई हेर्दा अहिले स्वयमसेविका भएर काम गर्न धेरै सजिलो छ । विगतमा सडक नभएको ठाउँहरुमा घर घरमा गएर सेवा दिनुपर्दथ्यो । राज्यबाट पाउने सेवा सुविधाहरु पनि अहिले धेरै नै रहेको छ । नेपालमा २०४५ सालदेखि नेपाल सरकारले महिला स्वयमसेविकाहरु राख्ने क्रम सुरु भएको थियो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि शिव प्रसाद लम्सालले स्वयमसेविकाहरुको कामको मुल्याङ्कन गर्दै सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । यसपटकदेखि सुरु भएपनि धेरैलाई सम्मान गर्न आवश्यक छ तर, एकजनामात्र गर्ने निर्णय भएको हुँदा धेरै सम्मान योग्य स्वयमसेविकाहरु छुटेको हुँदा आगामी वर्षमा सम्मान गर्दै जाने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रामेश्वर बोहोराले महिला स्वयमसेविकाहरुका लागि नगरपालिकाको तर्फबाट पिकनिक कार्यक्रम राखेर मनोरञ्जनात्मक कार्यक्रम गर्ने बताउनुभयो । स्वयमसेविका बन्न धेरैले आफुलाई बिहानदेखि साँझ सम्म फोन गर्न थालेको तर ऐन र कानुनले नमिल्ने भएकाले आवश्यकता भएपनि स्वयमसेविकाहरु थप गर्न नसकिएको नगर प्रमुख बोहोराले बताउनुभयो ।

सम्मानित हुने स्वयमसेविकाहरु 

वडा नं. साङला १ प्राथमिक स्वास्थ्य केन्द्र  ;  सुभद्रा भट्ट वडा नं. २ काभ्रेस्थली स्वास्थ्य चौकी          ;  धनकुमारी फुयाँल वडा नं. ३ जितपुरफेदी स्वास्थ्य चौकी        ;  इन्दिरा अर्याल वडा नं. ४ शहरि स्वास्थ्य केन्द्र                 ;  मन्दिरा देवी श्रेष्ठ वडा नं. ५ गोलढुंगा स्वास्थ्य चौकी            ;  लक्ष्मी लामा वडा नं. ६ धर्मस्थली स्वास्थ्य चौकी           ;  शर्मिला घिमिरे वडा नं. ७ फुटुङ स्वास्थ्य चौकी              ;  सानु केसी वडा नं. ८ मनमैजु स्वास्थ्य चौकी             ;  एक कुमारी भेटुवाल वडा नं. ९ शहरि स्वास्थ्य केन्द्र                ;  पुजा महर्जन वडा नं. १० शहरी स्वास्थ्य केन्द्र              ;   निर्मला एम.सी. वडा नं. ११ शहरी स्वास्थ्य केन्द्र              ;    साबित्री बोहोरा

Must View