कांग्रेसको संस्थापन इतर समुह सभापतिमा साझा उम्मेदवार तय गर्न सहमती नजिक
काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समुह सभापतिमा साझा उम्मेदवार तय गर्न सहमती नजिक पुगेको छ ।
सभापतिमा साझा उम्मेदवार तय गर्न बुधबार बिहान काठमाडौमा आयोजित पदाधिकारी सहित जिल्ला सभापति र पूर्वसभापतिहरु सहितको भेलामा सभापतिमा साझा उम्मेदवार तय गर्नका लागिa सहमती नजिक पुगेको बैठकपछि कांग्रेसका नेता अजुर्न नरसिंह केसीले जानकारी दिुनभयो । साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइलारा सभापतिमा दाबी छोड्न तयार रहेको भेलामा जानकारी गराएको नेता केसीले बताउनुभयो ।
सो समूहको बैठक आजै दिउँसो ३ बजे नेता प्रकाशमान सिंह निवास चाक्सी बारीमा बस्ने जनाइएको छ । यसअघि मंगलबार चाक्सी बारीमै संस्था पन इतरको बैठक बसेको थियो । बैठकले साझा उम्मेदवार तय गर्ने प्रयास गरेको भए पनि सफल भएको थिएन । नेताहरुका अनुसार आज साँझ सम्ममा संस्था पन इतरले साझा उम्मेदवार बारे टुंगो लागाउने बताइएको छ । कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ गते देखि काठमाडौंमा हुने तय छ ।