नागरिक पोष्ट News


भोलीदेखि २५ गतेसम्म ओप्स इन्टर स्कुल फुटसल टुर्नामेन्ट २०७८ सुरु हुँदै

1.4K

काठमाडौं - तारकेश्वरमा ओप्सको आयोजनामा भोलीदेखि २५ गतेसम्म ओप्स इन्टर स्कुल फुटसल टुर्नामेन्ट २०७८ सुरु हुँदैछ । आज फुटसल मैदान सेक्रेड हार्ट विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले बताउनुभयो । भोली पहिलोपटक गिनिज स्कुल र मनास्लु स्कुलबीच प्रतिस्पर्धा हुनेछ । खेलमा यसपटक ओप्सका १६ ओटा ए ग्रेडका विद्यालयहरुले सहभागिता जनाएका छन् । पहिलो र दोस्रो दिनमा १६ ओटै विद्यालयका विद्यार्थीहरुले खेल खेल्नेछन् । तेस्रो दिन क्वाटर फाइनल, सेमि फाइनल र फाइनल गेम हुनेछ । एउटा टिममा ८ जनाको समुह हुनेछ । उनिहरुले लिगमा ७ मिनेटको समय हुनेछ । फाइनलका लागि थप ७ मिनेटकै समय हुनेछ ।

अध्यक्ष लोकेन्द्रबहादुर खड्काअनुसार भोली बिहान ८ः३० बजे फुटसल कार्यक्रमको उद्घाटन भई खेल सुरु हुनेछ । उद्घाटन प्रमुख अतिथि पूर्व शहरि विकास राज्य मन्त्री रामविर मानन्धरले खेलाडीहरुलाई बल हस्तान्तरण गर्नुहुनेछ । उद्घाटन कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषदका सदस्य हिक्मत थपलिया, स्थानीय जनप्रतिनिधिहरु र ओप्ससँग आवद्ध विद्यालयका प्रतिनिधिहरुको सहभागिता हुनेछ ।

सेक्रेड हार्ट विद्यालयका प्रिन्सिपल बद्रीनाथ भट्टकाअनुसार यसपटकको खेलको संयोजनमा सेक्रेट हार्ट विद्यालय नै रहेको बताएका छन् । खेल अवधिभर विद्यालयले गम्भीरतापूर्वक कार्यक्रम सम्पन्न गर्न लागि पर्नेछ । खेललाई व्यवस्थित बनाउन कार्यक्रमका संयोजक बद्रीनाथ भट्ट, ओप्सको सचिव शिव प्रसाद अर्याल र ओप्सका इसिए प्रमुख राजेन्द्र फुयाँलले कार्यक्रम अवधिभर खेल मैदानमा रहनेछन् ।

खेलको अन्तिम दिन २५ गते बिजेता टिमहरुलाई मेडल, टफ्रि र प्रमाणपत्र वितरण गरिनेछ । त्यस्तै बेस्ट स्कोररलाई समेत हौसला बढाउन मेडल प्रदान गरिनेछ । फुटसल टुर्नामेन्टको अनुमानित लागत करिव १ लाख खर्च गरिने बताइएको छ ।

यसपटकको फुटसल कार्यक्रममा कक्षा ९ सम्मका विद्यार्थीहरु सहभागि हुनेछन् । ओप्सले कोरोना महामारीमा पनि अनलाइनमार्फत् कवितावाचन प्रतियोगिता जस्ता कार्यक्रम गरिसकेको छ । महिनापिच्छे नै ओप्सले काठमाडौं जिल्लामा विभिन्न गतिविधी गर्दै आएको छ । जसमा वक्तृत्वकला कार्यक्रम, कवितावाचन, फुटसल, ब्याडमिन्टन र शिक्षक तालिमहरु समेत दिँदै आएको छ । शैक्षिक गतिविधीहरुलाई सहयोग गर्ने कार्यक्रमलाई ओप्सले गर्दै आएको कुरा ओप्सका सचिव शिव प्रसाद अर्यालले बताउनुभयो । पत्रकार सम्मेलनमा ओप्ससम्वद्ध विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

निम्न विद्यालय फुटसलमा भिड्दै

गिनिज, मनास्लु, विभूती, प्रगति, प्रिन्सीएस, एन्जल हार्ट, सेक्रेड हार्ट, मस्याङ्दी, चिल्ड्रेन हेराल्ड, लालिगुराँस, शुभकामना, कौशल, न्यू इरा, न्यूटोन, श्रीजना ज्ञानसागर र हिमरश्मी स्कुलका विद्यार्थीहरुले फुटसलमा सहभागि जनाउनेछन् ।

Must View