नागरिक पोष्ट News


मञ्जुश्री असाहय संरक्षण केन्द्रको लैङ्गिक हिंसाविरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न,परिवर्तन आफै बाट शुरु गर्नुपर्ने मन्त्री उषाकला राई

1.3K

सबु बस्नेत ,काठमाडौं - नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाउदै आइरहेको छ । त्यस यता नेपालमा हरेक वर्ष विभिन्न कार्यक्रम गरी महिलामाथि हुने हिंसाविरुद्धको अभियान सञ्चालन गरिन्छ । मञ्जुश्री असाहय संरक्षण केन्द्र काठमाण्डौं शाखाले लैङ्गकि हिसा विरुद्ध अन्तरक्रिया कार्यक्रम गरेको छ । 

मञ्जुश्री असाहय संरक्षण केन्द्र काठमाण्डौं शाखाले लैङ्गकि हिसा विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको हो। शनिबार राष्ट्रिय महिला आयोगको हलमा भएको कार्यक्रममा प्रदेश नं १ का पूर्व सामाजिक विकासमन्त्री उषाकला राईले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्ने बताउँदै महिलामाथि हुने कुनैपनि खालका हिंसा स्वीकार्य नहुने बताउनु भयो। त्यस्तै कुनै पनि घरेलु हिंसा विरूद्ध डटेर लड्न सबैलाई आह्वान समेत उहाँले गर्नुभयो । परिवर्तन भन्ने कुरा आफु बाट सुरु गर्नु पर्ने बताउँदै समाज परिवर्तनमा उहाँले जोड दिनु भयो । यस्ता अभियानले हिंसा नियन्त्रण गर्न सहयोग पुग्ने बताउँदै उहाँले कुनै पनि किसिमको हिंसा कसै माथि पनि मान्य नहुने र यस्ता हिंसाका घटनामा चुप लागेर नबस्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । 

मानवअधिकारवादी र महिलाअधिकारवादीहरुले यो अभियानको क्रममा विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरेपनि ती कार्यक्रमको प्रभाव खासै उपलब्धिमूलम भएको भने देखिएको छैन । त्यसैले, हिंसा अन्त्यका लागि प्रतिबद्ध भएर अभियान चलाउन आवश्यक देखिन्छ । महिला हिंसा अन्त्यका लागि महिला शसक्तिकरणको खाँचो रहेकाले महिला माथि हुने हिंसालाई घरबाट नै अन्त्य गर्न आवश्यक छ ।

कार्यक्रममा बोल्दै विभिन्न अतिथि हरुले अन्तर्राष्ट्रिय लैंगिह हिंसा विरूद्धको अभियानमा यस्ता कार्यक्रमले हिंसा नियन्त्रण गर्न सहयोग पुग्ने बताउनु भयो । आगामी दिनहरुमा यस्ता कार्यहरुमा सबै सरोकारवाला निकायहरले हात्तेमालो गर्दे जानु पर्नै बुद्धिजिवीहरुको भनाई रहेको छ । कार्यक्रम बृह्त रुपमा सम्पन्न गरेकोमा मञ्जुश्री असाहय संरक्षण केन्द्र काठमाण्डौं शाखा परिवारलाई उपस्थित सम्पुर्ण प्रमुख अतिथि लगायतका वक्ताहरुले धन्यवाद प्रकट गर्नुभयो । त्यस्तै कार्यक्रमको संयोजकत्व पत्रकार तथा समाजसेवी राजन थापाले गरेका थिए । 

कार्यक्रममा शाखा अध्यक्ष मिना बस्नेतले हिंसा अन्त्यका लागि सञ्चार क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै आफू हिंसामा परेको जानकारी हुँदाहुँदै पनि महिलाहरूले बाध्य भएर हिंसा सहेर बस्नु पर्ने बाध्यता अझै रहेको बताईन् । कतिपय महिलालाई आफू हिंसामा परेपनि कसरी न्याय पाउँछु भन्ने बारेमा जानकारी नभएकाले हिंसा न्युनीकरणका लागि आगामी दिनमा सचेतना कार्यक्रमको आयोजना गर्नुपर्ने उनले बताईन्।

“घरैबाट सुरु गरौं , महिला हिंसा अन्त्य गरौं ” भन्ने राष्ट्रिय नारा सहित यसपालीको लैंगिक हिंसा विरूद्धको अभियान भव्य रूपमा सम्पन्न भएको छ ।  देशभर लैङ्गिक हिंसा विरुद्धको अभियान जारी रहे पनि महिला हिंसाका घटना न्युनीकरण अझै हुन सकेको छैन । महिला हिंसाविरुद्ध सरकार र राजनीतिक दल क्रियाशील नभएको आरोप लाग्ने गरेको छ ।

Must View