नागरिक पोष्ट News


तारकेश्वरमा लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जालको आयोजनामा जनचेतनामुलक र्याली २०७८ सम्पन्न

1.3K

- सुशान्त न्यौपाने

काठमाडौं । तारकेश्वर नगरपालिकामा  लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जालको आयोजनामा जनचेतनामुलक ¥याली २०७८ सम्पन्न भएको छ । तारकेश्वर १० को लोकतान्त्रिक चोकबाट पञ्चेबाजा सहित नारा र प्लेकार्ड बोकेको ¥याली शुभकामना चोकहुँदै नेपालटारको कान्तिपुर एबि पार्टी प्यालेसमा गएर सभामा परिणत भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगर प्रमुख रामेश्वर बोहरा, विशेष अतिथिमा काठमाडौं प्रहरि परिसरका एसपी दिनेश मैनाली, तारकेश्वर नगर प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, अतिथिहरुमा नगरका विभिन्न विभागका शाखा प्रमुखहरु र वडाअध्यक्षहरु र बालाजु प्रहरि वृत्त प्रमुख गौतम मिश्र लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगरपालिका भित्रका विभिन्न महिला समुहहरु, स्वयमसेविकाहरु र विद्यालयका विद्यार्थीहरु, लैंगिक हिंसा सञ्जालका ११ ओटै वडा सञ्जालका सदस्यहरु र नगर स्वास्थ्य शाखाका कर्मचारीहरु, महिला बालबालिका तथा समाज कल्याण शाखाका कर्मचारीको उपस्थिति रहेको थियो ।

Cover Photo : www.farakpatra.com

लैगिक हिंसा नियन्त्रण सञ्जाल तारकेश्वरका अध्यक्ष देविना कार्की (बिना) को सभापतित्वमा भएको कार्यक्रममा बालाजु प्रहरि वृत्तका प्रमुख गौतम मिश्रले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रहरि परिसरका एसपी दिनेश मैनाली, नगरका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्सालले समेत सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामेश्वर बोहोराले अन्तर्राष्ट्रिय लैंगिह हिंसा विरूद्धको अभियानमा तारकेश्वर नगरपालिकाको यो उपस्थितिले हिंसा नियन्त्रण गर्न सहयोग पुग्ने घोषणा गर्नुभयो । आगामी दिनहरुमा यस्ता कार्यहरुमा नगरपालिकाले आवश्यक सहयोग प्रदान गर्दै जाने बताउनुभयो । कार्यक्रम बृह्त रुपमा सम्पन्न गरेकोमा लैगिक हिंसा नियन्त्रण सञ्जाल तारकेश्वर परिवारलाई धन्यवाद प्रकट गर्नुभयो ।

आजको कार्यक्रममा ३००० भन्दा बढिले ¥यालीमा सहभागिता जनाएका थिए । विशेषगरी तारकेश्वरका विद्यालयहरुमध्ये, मानसिंह धर्म माविले सबैभन्दा धेरै विद्यार्थी उपस्थित गराएको कुरा विद्यालयका प्रिन्सिपल नारायणजंग थापाले बताउनुभयो । त्यस्तै नेपाल राष्ट्रिय मावि, युरेका हाइ स्कुल, एन्जल हार्ट, लालिगुराँस, लिटिल एन्जेल्स, नर्थ पोएन्ट, तरुण मावि दगायतका विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तारकेश्वरको महिला नौमती बाजाको सहभागितामा ¥यालीलाई भव्य बनाइएको थियो । ¥यालीमा विद्यार्थीहरुले प्लेकार्ड बोकेर नारा लगाएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र तारकेश्वर लगायतका संघ/संस्थाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापति देविना कार्की (बिना)ले कुनै पनि घरेलु हिंसा विरूद्ध डटेर लड्न सबैलाई आह्वान गर्नुभयो । कोही पनि मानिस तारकेश्वरमा हिंसामा परेर बस्नुभएको छ भने हामीलाई सूचना दिन आग्रह गर्नुभयो । रानाले हिंसामा परेका मानिसहरुलाई मनोसामाजिक समस्या देखिएकाले आफु मनोविमर्श कर्ता भएकोले निःशुल्क सेवा दिन तयार रहेको समेत बताउनुभयो ।

“घरैबाट सुरु गरौं !, महिला हिंसा अन्त्य गरौं !” भन्ने राष्ट्रिय नारा सहित यसपालीको लैंगिक हिंसा विरूद्धको अभियान भव्य रूपमा सम्पन्न भएको छ ।

तारकेश्वर सहित देशभर लैङ्गिक हिंसा विरुद्धको अभियान जारी रहे पनि महिला हिंसाका घटना न्युनीकरण अझै हुन सकेको छैन । महिला हिंसाविरुद्ध सरकार र राजनीतिक दल क्रियाशील नभएको आरोप लाग्ने गरेको छ ।

Must View