नागरिक पोष्ट News


तत्काल ‘लकडाउन’ हुदैन : हल्लाको पछि नलाग्न मन्त्रालयको आग्रह !

1.2K

काठमाडौं – को-भि’ड–१९ को नयाँ भेरियन्ट ओ’मिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपालमा यसबारे चासो बढेको छ । ओ’मिक्रोनलाई लिएर सामाजिक सञ्जालमा ‘लकडाउन’ हुन सक्ने समेतका अफवाहहरू फैलाइएको देखिएको छ ।

नेपालमा हालसम्म ओ’मिक्रोनको कुनै पनि ‘केस’ नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यद्यपि, ओ’मिक्रोन भित्रिन सक्ने जो’खिमलाई ध्यानमा राख्दै अत्यावश्यकबाहेक विदेश यात्रा नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजग गराइरहेको छ ।

को-भि’ड–१९ को नयाँ भेरियन्ट ओ’मिक्रोन नेपाल भित्रिन नदिन सरकारले संक्रमण बढी फैलिएका नौ देशबाट नेपाल आउन रोक लगाइसकेको छ । गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको छ ।

ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई पनि बिहीबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमतिमा रो’क लगाइएको छ ।यस्तै, संक्रमणको जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने निर्णय सरकारले गरेको छ ।

सोही निर्णयानुसार ती देशहरूबाट हवाई तथा स्थलमार्ग हुँदै नेपाल आउन रो’क लगाइएको अध्यागमन विभागका महानिर्देशक नारायाणप्रसाद भट्टराईले बताए ।“संक्रमण रेसियो हेरेर अहिलेका लागि यी नौ मुलुकबाट प्रवेशमा रो’क लगाइएको हो । रो’क लगाइएकामध्ये हङकङबाहेक अन्य मुलुकसँग हाम्रो प्रत्यक्ष उडान पनि छैन ।

तर, ’हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत स्थलमार्गमा रहेका नाकामा पनि क’डाइ गर्न स्थानीय प्रशासनहरूसँग समन्वय गरिरहेका छौँ,” भट्टराईले भने ।यता, ग’म्भीर संक्रमणको जो’खिम कम गर्न सरकारले दैनिक दुई लाखजनालाई को-भि’ड–१९ विरुद्धको खोप दिने भएको छ ।

बिहीबारकै मन्त्रिपरिषद्को बैठकले दैनिक न्यूनतम दुई लाखजनालाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।अहिले दैनिक डेढदेखि तीन लाखजनासम्मलाई को-भि’ड–१९ विरुद्धको खोप दिइरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा मंसिर १६ गतेसम्म ८५ लाख ५९ हजार २४२ जनाले को-भि’ड–१९ विरुद्धको दुवै डोज र एक करोड एक लाख २७ हजार ४०७ जनाले पहिलो डो’ज खोप लगाएका छन् ।

निषेधाज्ञा नगरिने– नेपालमा अहिले को-भि’ड–१९ पुष्टि भएका व्यक्तिहरूमा नयाँ भेरियन्ट भए/नभएको परीक्षण गर्न सरकारले देशभरका सीमानाकामा रहेका हेल्थ डेस्कबाट नमुना संकलन गरी जिन सि’क्वेन्सिङ गरिरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार को-’भिड पोजिटिभ आएका नमुनाहरूमा नयाँ भेरियन्ट रहे/नरहेको परीक्षण गर्न अहिले जिन सि’क्वेन्सिङ परीक्षणको संख्या समेत बढाइएको छ ।

नेपालमा पछिल्ला दुईवटा लहरमा डे’ल्टा भेरियन्ट फैलिएको थियो । डेल्टापछि कुनै पनि नयाँ भेरियन्ट पहिचान नभएको डा. रुणा झाले बताइन् ।ओ’मिक्रोन भेरियन्टलाई लिएर विभिन्न अ’ड्कलबाजी गरिए पनि सरकारले आधिकारिक रूपमा निषेधाज्ञाबारे कुनै छलफल गरेको छैन । ने

Must View