नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकामा सुरु भयो फोटो सहित मतादाता नामावली सङकलन

1.2K

काठकाण्डौँ - तारकेश्वर नगरपालिकामा नि आज देखि सुरु भएको छ। तारकेश्वर नगरपालिका वडा न ६ धमस्थलीको ग्राम सेवा मावि मा फोटो सहितको मतादाता नामावली सङकलन केन्द्र रहेको छ। मतदाता नामावली सङकलन मङ्सिर १७ गते देखि पुस २ गते सम्म कार्यक्रम चल्ने छ।        तारकेश्वर अनलाइनका समचार  प्रमुख  हरि भेटुवाल मतादाता नामावली  सङकलन केन्द्र मा पुग्दा पहिलो फोटो सहित मतदाता नाम तारकेश्वर वडा न ८ कि कुसुम बखतीले फोटो सहित मतदाता नामावली दर्ता गरेको अधिकृत राजन फुयालले तारकेश्वर अनलाइन लाई जानकारी दिए। साथै तारकेश्वर नगरपालिका भित्र स्थायी ठेगाना भई यस पूर्व मतदाता नामावलीमा नाम समावेश नभएका र छुट भएका मतदाता बन्न योग्य नगरबासीहरुलाई नागरिकता, बसाई सराई र बिबाहीता महिलाको हकमा विवाह दर्ताको सक्कल सहित उपस्थित भई आफ्नो नाम दर्ता गराउनुहुन अधिकृत राजन फुयलले अनुरोध गरेका छन् ।

नामावली सङ्कलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरूको मतदाता नामावलीको विवरण सङ्कलन कार्य हुनेछ भने निर्वाचन आयोगले तोकेको मितिमा १८ वर्ष पूरा गरेका नागरिकहरूको नाम मतदाता नामावलीमा समावेश गर्नेछ ।

Must View