नागरिक पोष्ट News


दर्शकको मन जीत्दै रचना र बाबाको 'तिमीलाई माया गर्नलाई' (भिडियो सहित)

1.9K

सबु बस्नेत ,काठमाण्डौँ - सुमधुर स्वरकी धनी एवंम लोकप्रिय गायीका रचना रिमाल र युवा पुस्ताका चर्चित गायक बाबा पाख्रिनको मन छुने गित 'तिमीलाई माया गर्नलाई' ले दर्शकको मन जितिरहेको छ । केही दिन अघि बाबा पाख्रिनको अफिसियल युट्युव च्यानल BABA Pakhrin Official बाट सार्वजनिक गरिएको  गितको भिडियोलाई दर्शकहरुले सकारात्मक प्रतिक्रिया सहित उत्साहाका साथ हेरिरहेका छन् ।

गायक पाख्रिनकै शव्द तथा संगित रहेको उक्त गितमा संगित संयोजन पनि स्वयम पाख्रिनकै रहेको छ । सार्वजनिक गितको भिडियोमा सुङमी लामा बाबा पाख्रिन तथा बाल कलाकारहरु पुर्णिमा के सी र प्रनिसा के सी को अभिनय रहेको छ । BABA/WANGEL को कन्सेप्ट तथा निर्देशनमा तयार भएको उक्त भिडियोलाई बुद्ध थापाले छायंकन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :  

Must View