नागरिक पोष्ट News


अविभावकको रोजाइमा BC -CAPS Montessori फाउन्डर प्रिन्सिपल :विमा मर्हजन (भिडियो सहित)

1K

काठमाण्डौँ - सामान्यतया २ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई सबै इन्द्रीयहरुको प्रयोग मार्फत आफैंले छोएर, हेरेर, गरेर अनि व्यक्तिगत वा समुहगत रुपमा विभिन्न क्रियाकलाप अथवा खेलमा सहभागी गराएर सिकाउने विधि मन्टेश्वरी शिक्षा हो । २० औ शताब्दिमा इटालीकी एजुकेटर तथा फिजिसियन मारिया मन्टेश्वरीले सुरुवात गरेको मन्टेश्वरी शिक्षण पद्धति अहिले संसारभर लोकप्रिय भएको छ । नेपालमा पनि काठमाण्डौ लगायत देशका मुख्य शहरहरुमा मन्टेश्वरी पद्धतिले बालबालिकालाई सिकाउने उद्देश्यले थुप्रै मन्टेश्वरी स्कूलहरु संचलनमा आएका छन् । मन्टेश्वरी भनेको त्यस्तो आधुनिक शिक्षा विधि हो जहाँ विद्यार्थीहरु आत्म निर्देशित अर्थात् रुचिकर गतिविधिहरुमा तल्लीन रहन्छन । मन्टेश्वरी पाठ्यक्रम बालबालिकाको चौतर्फी विकासलाई टेवा पुग्ने गरी तयार परिएको हुन्छ । 

स्वयम्भु सानो भर्यागं स्थिीत वि सी क्यप्स् मोन्टेश्वरी एण्ड तालिम सेन्टर पनि एक आधुनिक मोन्टेश्वरी हो । यो मोन्टेश्वरीको हाता बालमैत्री छ । बालबालिकाहरूको मनस्थिति तथा उनीहरूको रुचिलाई मध्यनजर गरी यसको संरचना निर्माण भएको पाइन्छ । मोन्टेश्वरीको अन्तराष्ट्रिय मान्यतामा आधारित रहेर बालबालिकालाई सिकाई विधिबाट पढाउने र बालबालिकाको रुचि अनुसार अन्य क्रियाकलाप गराउने गरेको वि सी क्यप्स् मोन्टेश्वरी एण्ड तालिम सेन्टरकी फाउन्डर प्रिन्सिपल विमा मर्हजनले एक अन्र्तवाता मार्फत हामीलाइृ बताउनु भयो । 

बालबालिकाको सर्वाङ्गीण विकासको लागि व्यवहारिक ज्ञान दिएर परिपक्व बनाउँदै लेख्न र पढ्न सिकाउँदै लैजानु पर्ने उहाँको विचार रहेको छ ।  यस प्रकारको पूर्ण शिक्षा प्रदान गर्न तालिमप्राप्त शिक्षकका साथै विभिन्न शैक्षिक तथा खेल सामग्री आवश्यक हुने हुँदा त्यो सबै व्यवस्था गरेको मर्हजन बताउनु हुन्छ । त्यस्तै अभिभावकहरूले पनि सम्भव भएसम्म घरमा शैक्षिक तथा मनोरञ्जक वातावरण निर्माण गरिदिनुपर्छ मर्हजन बताउनु हुन्छ । प्रस्तुत छ उहाँसग गरिएको कुराकानी :

 

Must View