नागरिक पोष्ट News


मंसिर १७ देखि आफू बसेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

665

काठमाडौं : निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधबार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरूमा गरिएको अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नु ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । प्रमुख आयुक्त थपलियाले आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव गर्न आयोगको तयारी भइरहेको बताउनु भयो । यस्तै उपनिर्वाचनका लागि अहिले २२ स्थान रिक्त रहेको र सरकारले मिति तोके उपनिर्वाचन गराउन आयोग तयार रहेको छ । त्यस्तै, आयोगले आउँदो जेठको ५ गते स्थानीय तहका सबै पदाधिकारीहरूको पद रिक्त हुने भएकोले त्यो अगावै स्थानीय तहको निर्वाचन गनराउन आवश्यक तयारी प्रारम्भ गरेको छ ।

प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचनको सन्दर्भमा निर्वाचन आयोग आउँदो माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्न तयारी गरिरहेको छ । उपनिर्वाचनका लागि रिक्त २२ स्थानमा यदि निर्वाचनको घोषणा हुन्छ भने आयोग तयार छ ।’ प्रमुख आयुक्त थपलियाले अब उम्मेदवारी घोषणा गर्दा उम्मेदवार सम्पत्ति विवरण लिने कानुन पनि आयोगले बनाएको छ ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको बेलामा खाता हरेक सात–सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको र त्यसका लागि अब आयोगले यी कुराहरू हेर्नका लागि स्थानीय तहको निर्वाचन हुँदा ७५३ ठाउँमा अनुगमन गर्ने समिति, प्रदेशको निर्वाचन हुँदा ३३० ठाउँमा, प्रतिनिधिसभाको निर्वाचन हुँदा १६५ ठाउँमा अनुगमन समितिको व्यवस्था गरिएको पनि जानकारी दिनु भयो । 

 

Must View