नेप्से पाँच दशमलव २८ अङ्कले बढ्यो
700
काठमाडौ : शेयर बजार आज बुधवार सामान्य रुपमा बढेको छ । नेप्से आज पाँच दशमलव २८ अङ्कले बढेर दुई हजार ६ सय ३३ दशमलव ६५ विन्दुमा पुगेको छ । आज होटल, बीमा र माइक्रोफाइनान्सबाहेक सबै समूहको शेयर सामान्य बढेको छ ।
सबैभन्दा धेरै उत्पादन समूहको शेयर ५४ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से सामान्य बढे पनि कारोबार सङ्ख्या र रकम भने निकै घटेको छ । आज दुई सय २३ कम्पनीका ५३ लाख १० हजार कित्ता शेयर दुई अर्ब ७४ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको साढे १४ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज साम्लिङ पावर कम्पनी र न्यादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । आज आईसीएफसी फाइनान्सको शेयर साढे पाँच प्रतिशत भन्दा धेरैले घटेको छ ।