नागरिक पोष्ट News


नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशानबाट अध्यक्षमा केपी शर्मा ओली विजयी

1.2K

काठमाडौ  नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशानबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी भीम रावललाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

उनी एमालेमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। यसअघि नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए।

 भीम रावललाई १५९५ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८०८ मत खस्दा रावलले २१३ मत पाए । साथै नाे भाेटमा ७५ मत खसेकाे छ ।

आयोगले औपचारिक मत परिणाम भने अझै घोषणा गर्न बाँकी रहेको छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।

अहंकारको अनुमोदन

ओलीको निर्देशन : सके बिर्स, नसके क्षमा गर

अहंकारको अनुमोदन

Must View