नागरिक पोष्ट News


नेपालमा अफ्रिकी मुलुकबाट आउने सबै उडान प्रतिबन्ध

1K

काठमाडौं ।  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकाबाट संक्रमण फैलिएको भन्दै नेपालले दक्षिण अफ्रिका र अफ्रिकी मुलुकबाट आउने सबैलाई प्रतिबन्ध लगाएको छ । यसअघि यी देशबाट आउने यात्रुलाई ७ दिन क्वारेन्टाइनमा राख्न निर्देशन दिइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल र दक्षिण अफ्रिकाबीच सिधा उडान नभए पनि अन्य अफ्रिकी मुलुक हुँदै यहाँ आउने यात्रुलाई एक साता क्वारेन्टाइनमा बस्नुपर्ने बताएको छ ।

सो भेरियन्टको रोकथामका लागी आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय समितीको बैठकमा पनि छलफल भएको छ ।  अफ्रिकाबाट आउने नेपाली पासपोर्ट बाहक र डिप्लोम्याटहरुलाई स्वास्थ्य मापदण्डअनुसार होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको छ । 

युरोपमा पनि यो भेरियन्टलाई लिएर कडाइ गरिएको छ । अस्ट्रिया, चेक रिपब्लिक, जर्मनी, इटाली र नेदरल्यान्ड्सले शुक्रबार नै दक्षिण अफ्रिकाबाट उडानमा प्रतिबन्ध लगाएका छन् । केही अन्य युरोपेली देशहरूले पनि बोत्स्वाना, इस्वाटिनी (स्वाजिल्याण्ड), लेसोथो, नामिबिया, जाम्बिया र जिम्बाब्वेबाट उडानहरू स्थगित गरेका छन्। शुक्रबार दक्षिण अफ्रिकाबाट दुई उडानमा ६१ जना यात्रु नेदरल्याण्ड पुगेका थिए । यी सबैको रिपोर्ट पोजेटिभ आएपछि नेदरल्याण्डमा  चिन्ता बढेको छ । 

Must View