‘मिस युनिभर्स’मा भाग लिन सुजिता इजरायल प्रस्थान
काठमाडौं : मिस युनिभर्स मा माग लिन सुजिता बस्नेत इजरायल उडेकी छन् । ७०औँ ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राती इजरायल उडेकी हुन् । त्रिभुवन विमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले शुभकामना सहित उनलाई बिदाइ गरेका थिए ।
इजरायल उड्न अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’ को ताज नेपाल भित्रिने आस गर्न सकिने बताइन् । उनले मिस युनिभर्समा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिने उद्देश्य सहित आफू सहभागी हुन लागेको बताइन् । गत महिना राजधानीको होटल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै बस्नेतले ताज पहिरिएकी थिइन् ।
प्रतियोगीताका लागि उनले नेपालको पहिचान झल्कने एक कस्ट्युम सहित विभिन्न तयारी गरेकी छन् । ‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदैछ । प्रतियोगितामा ७० बढी देशमा सुन्दरीहरूको सहभागिता रहनेछ ।