नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकामा ६५ सदस्य नगरकमिटी सर्वसम्मत चयन

0.9K

काठमाण्डौँ -नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तारकेश्वर नगरपालिकामा ६५ सदस्य नगरकमिटी सर्वसम्मत चयन भएको छ ।

शुक्रबार भएको नगरअधिवेशन मार्फत रामकुमार थापाको नेतृत्वमा तारकेश्वर नगरकमिटी सर्वसम्मत चयन भएको हो।केन्द्रको नगरकमिटी उपाध्यक्षमा जगन्नाथ राजवाहक,भुवन अर्याल,उतम दाहाल,सचिवमा प्रकाश फुयाल, सह-सचिव राजन विडारी र कोषाध्यक्षमा बालकुमारी वाग्ले चयन भएको काठमाडौँ जिल्ला समन्वय समित तथा तारकेश्वर सह- इन्चार्ज बिना रानाले जानकारी दिईन् ।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ,काठमाडौँ जिल्ला अध्यक्ष हिमाल शर्मा, वडा कमिटीका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शहिदको र बेपत्ताको फोटोमा माल्यार्पण गर्नुका साथै सहिद बेपत्ता परिवारलाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Must View