छैठौँ राष्ट्रव्यापी प्रणामी कप फुटसल प्रतियोगिता सम्पन्न
काठमाण्डौँ - काठमाण्डौँ छैठौँ राष्ट्रव्यापी प्रणामी कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । देशभरिका २६ प्रणामी टोलिहरुको सहभागिता रहेको थियो । प्रतियोगिता इमाडोल स्थीत बोझे पोखरीमा शनिबार आयोजना गरीएको थियो । महालक्ष्मी नगरपालिका ,ललितपुरको सहयोगमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल,प्रारम्भिक समिति इमाडोल ,ललितपुरद्धारा श्री तारतम महामन्त्र अवतरण चर्तुथ शताव्दी वर्ष २०७८ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता खेलको उद्घाटन तथा समापन प्रमुख अतिथि बागमती प्रदेश मामिला सभापति तथा बागमती प्रदेश संसद माननीय माधव पौडेलबाट गरिएको थियो । विशेष अतिथि महालक्ष्मी नगरपालिका उपप्रमुख निर्मला थापा, अतिथीमा महालक्ष्मी नगरपालिका १ नं र ४ नं का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थित रहेको थियो ।
त्यस्तै अन्य अतिथीमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका निवर्तमान अध्यक्ष ज्यू, श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका निवर्तमान अध्यक्ष नवराज ढकाल तथा महासचिव र अन्य पदाधिकारी तथा सदस्य हरुको उल्लेखनिय उपस्थित रहेको थियो ।
श्रीकृष्ण प्रणामी बाईजुराज सेवा समितिका उपाध्यक्ष ,श्रीकृष्ण प्रणामी सेवा समिति काठमाडौ, भक्तपुर, ललितपुर तथा काभ्रे जिल्लाका अध्यक्ष हरू र अन्य खेल प्रेमी व्यक्तीहरु उपस्थित भई कार्यक्रमको शोभा बढाई कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग पुराएकोमा आयोजक समितीका सचिव सचिन्द्र मर्हजन हार्दिक कृतज्ञता व्यक्त गर्दछन् ।
इमाडोल प्रास को युवाहरूको अथक प्रयासले यस्तो ठुलो कार्यक्रम सफल हुन गएको छ त्यसको लागि पनि हाम्रो प्रा स का सम्पूर्ण टिम, ललितपुर जिल्ला भरिका स्वयंसेवक ूहरू, भान्सामा खटिनु हुने आदरणीय स्वयंसेवकहरु, त्यस्तै अन्य सम्पूर्ण जिम्मेवारी बहन गरी कार्यक्रम सफल बनाउन हातमा हात साथमा साथ दिएर खटिनु भएको सम्पूर्ण महानुभावहरु लाई धेरै धेरै धन्यवाद र आगमी दिनमा पनि यही जोश र जाङ्गरका साथ अन्य कार्यक्रम गरिनेछ भन्ने आशा गरेको प्रास का अध्यक्ष बताउनु हुन्छ ।
प्रणामी युवा हरूमा खेलकुद को बिकाश र एकताका लागी हिंसा रहीत समाज को नारा सहित सुरू भएको प्रणामी कप फुट्सल प्रतियोगीता को छैठौँ सँस्करण भब्यता का साथ सम्पन्न भएको हो । यसरी प्रतियोगिता भव्यताका साथ सम्पन्नता गर्न पाउँदा आफुहरुलाई खुशी लागेको आयोजक कमितिका संयोजक पारसमणी बस्नेत बताउनु हुन्छ ।
त्यस्तै सो प्रतियोगितामा आयोजक कमिटीका ललितपुर जिल्ला अध्यक्ष कृष्ण खड्का,सुजन सुबेदी केन्द्रिय महासचिव , निर्मला थापा विशेष अतिथि ,माननिय माधव पौडेल प्रमुख अतिथि एवम बागमती प्रदेश सभासद तथा प्रदेश मामिला सभापति को विशेष उपस्थित प्रतियोगितामा रहेको थियो । खेलमा प्रथम स्थान गोंगबु प्रा.स ,दोस्रो स्थान इमाडोल र तेस्रो स्थान काभ्रे भन्ज्याङले प्राप्त गरेको हो । यस खेलका विजयी टोली लाई मेडल तथा शिल्ड, साथै प्रथम द्वितीय र तृतीय लाई १५ हजार १० हजार र ५ हजार क्रमस नगद रकमको पनि व्यवस्था गरिएको थियो ।े प्रतियोगितामा भाग लिने सबैलाई आयोजक टिमले प्रमाण पत्र समेत वितरण गरेको थियो ।