अध्यक्षमा ओलीसँग भीम रावल भिड्दै, मुखै खोलेर प्रतिनिधिहरुसँग यसरी मत मागे
1K
काठमाडौं, नेकपा (एमाले) को जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलले महाधिवेशन प्रतिनिधिहरुसँग मत माग्न थालेका छन् । आज (शनिबार) बन्दसत्र सुरु हुनुभन्दा अघिदेखि नै उनले आफ्नो लागि मत माग्न थालेका थिए ।
उनले पार्टीमा सहमतिको लागि प्रयास भएको भन्ने जानकारी आफूलाई नभएको पनि प्रतिक्रिया दिएका थिए । सौराहास्थित् बन्द सत्र भइरहेको होटेल सेभेन स्टारमा सभागी प्रतिनिधिहरूलाई भेटेर नेता रावलले आफू अध्यक्षको पदको उम्मेदवार भएको बताएका छन् ।