नागरिक पोष्ट News


नेपाल बारले एमालेलाई बुझायो ज्ञापनपत्र

581

काठमाडौं – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन र न्यायालय सुदृढीकरणमा भूमिका खेल्न माग गर्दै एमालेलाई ज्ञापनपत्र बुझाएको छ । 

आज एमाले नेता सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै बारले ज्ञापनपत्रमा प्रधानन्यायाधीशको बहिर्गमन र न्यायालयको सुदृढीकरणका लागि सबै पार्टीले तत्परता देखाउनुपर्ने र एमाले पनि अग्रसर हुनुपर्ने माग गरेको हो ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको अगुवाइमा कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएको विषयमा संसदको पनि ध्यानाकर्षण हुनुपर्ने भन्दै बारले संसदमा भएका राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएको हो । 

शुक्रबार मात्र घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रमबमोजिम आज संसद्मा प्रतिनिधित्व गर्ने पार्टीहरूसहित सभामुख अग्नि सापकोटालाई बारले ज्ञापनपत्र बुझाएको हो ।

Must View