नागरिक पोष्ट News


झापाको कन्काई प्लाई उद्योगमा आगलागी हुँदा ५ करोडको क्षति

672

बिर्तामोड नगरपालिका–२ मा रहेको कन्काई प्लाई उद्योगमा आगलागी हुँदा करिब रु पाँच करोडको क्षति भएको छ ।

आज बिहान विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा लिइएको थियो । 

बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारीबाट आएका दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख सन्तोष आचार्यले बताउनुभयो । 

विर्तामोड–४ का विकास गोयल र दुर्गा भण्डारीले सञ्चालन गर्दै आएको उद्योगमा प्लाइका लागि चाइनाबाट आयात गरिएका महँगो कच्चापदार्थ रहेको थियो । आगलागीको कारण र यकिन क्षतिबारे अनुसन्धान भइरहेको प्रमुख आचार्यले बताउनुभयो ।

Must View