नेपाल बारको तेस्रो चरणको आन्दोलन आजदेखि सुरु
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनको तेस्रो चरणको आन्दोलन आजदेखि सुरु गरेको छ । तेस्रो चरणको आन्दोलनको क्रममा आज देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस तथा पैरवी नगर्ने घोषणा देशभरका अदालतहरुमा कालोपट्टीसहित धर्ना, विरोधसभालगायत छन् ।
यसअघि बिहीबार सर्वोच्च परिसरमा प्रहरीले कानुन व्यवसायीमाथि धरपकड गरेपछि बारले प्रधानन्यायाधीश जबरालाई शुक्रबार तीन बजेसम्मको अल्टिमेटम दिएको थियो । बारले शुक्रबार दिउँसो तीन बजेसम्म प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सशक्त कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको थियो ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले १४ कार्तिक देखि आन्दोलन गरिरहेको छ । लगातारको आन्दोलनले सर्वोच्चको नियमित काम प्रभावित हुँदै आएको छ भने सेवाग्राहि प्रभाहित छन ।