नागरिक पोष्ट News


दियालो फूडल्याड रेस्टुरेन्ट एण्ड बार तथा पार्टी प्यालेसको उद्घाटन (फोटो फिचरसहित)

1.1K

काठमाडौं - शनिबार बिहान एक बिशेष समारोह बीच तार्केश्वोर वडा नं। ११ स्थित शेषमति पुल नजिकै दियालो फूडल्याड रेस्टुरेन्ट एण्ड बार तथा पार्टी प्यालेसको उद्घाटन सम्पन्न भएको छ । काठमाडौँ क्षेत्र नं। ६ का सभासद पुर्व रक्षामन्त्री भीमसेन दास प्रधानबाट रीबन काटेर उद्घाटन गरिएको थियो ।

प्रमुख अतिथि भीमसेन दास प्रधानले पानसमा बत्ति बालेर उद्घाटन समारोह शुभारम्भ गर्नु भएको बिशेष समरोहरमा बोल्दै भीमसेन दास प्रधानले दियालो फूडल्याड शेषमतिको अपार सफलताको शुभकामान दिँदै, व्यवसायिक सफलतासँगै स्थानियलाई रोजगार र स्थानिय उत्पादनहरुलाई प्राथमिकता दिँदै दियालो केन्द्र बसुन्धरा, दियालो फूडल्याड वुटवल, दियालो फूडल्याड चितवन, दियालो फुडल्याण्ड पोखरा र आज भब्य समारोहबीच उद्घाटन गरिएको दियालो फूडल्याड शेषमतिसँगै दियालो फूडल्याड देशब्यापी रुपमा फैलियोस भन्ने शुभकामन ब्यक्त गर्नुभयो ।

समारोहमा विशेष अतिथिका रुपमा दियालो ग्रुपका अभिभावक तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, नाट्टा केन्द्रका अध्यक्ष अच्युत गुरागाईंले पर्यटन प्रवर्धनमा टेवा पु¥याउने आशा बोक्दै सफतलाको शुभकामना दिनु भएको थियो । कलाकार उत्तम केसी, नेपाली कांगेसका नेता बिष्णुभक्त तिमल्सिना, नगर सभापति कृष्णहरि महर्जन र विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता, समाजसेवि अगुवाहरु, तारकेश्वर नगरपालीकाको शिक्षा साखा प्रमुख होमनाथ न्यौपानेको पनि उपस्तिथी रहेको थियो । समारोहमा लायन्सको तर्फबाट लायन उद्धवराज तिमल्सिनाले शुभकामना दिनुभएको थियो ।

तार्केश्वोर नपा वडा नं। १, २, ३, ४, ६ र ११ का वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । समारोहमा तार्केश्वोर नगरपालिकाको तर्फबाट वडा नं २ का वडा अध्यक्ष रबिन्द्र केसीले सफलताको शुभकामान दिनुभएको थियो । दियालो शेषमतिका सचालक सरोज महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालकहरु गजेन्द्र केसी, दिपक कृष्ण श्रेष्ठ, निलकन्ठ राजबंशी, राम दास श्रेष्ठ, बिष्णु कार्की, निकिता तिमिल्सिना, मिलन पाण्डे र हेमराज भन्डारीको लगानी रहेको छ ।

कार्यक्रममा तारकेश्वरमा उपभोक्ता समितिहरु, समाजसेवीहरु, विद्यालय सञ्चालकहरु, सहकारीका प्रमुखहरु र विभिन्न संघ÷संस्थामा आवद्ध व्यक्तिहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । गुणस्तरीय खाना र स्वच्छ वातावरणमा दियालो फुडल्याण्डले सेवा प्रदान गर्दै आइरहेको छ । तारकेश्वरबासीले अबदेखि विवाह, ब्रतबन्ध, सेमिनार, कार्यक्रमहरुका लागि सानोदेखि ठूला पाटी समेत गर्न मिल्ने हल र आवश्यक पार्किङ भएको पाटीको लागि दियालो फुडल्याड शेषमती सबैको रोजाइमा पर्नेछ । नगरबासीले सफा, शान्त र गुणनस्तरीय पार्टी प्यालेसको खोजीमा टाढा जानु पर्दैन तारकेश्वर वडा नं। ११ मा अवस्थित दियालो फुडल्याण्डमा जान सकिन्छ ।

Must View