नागरिक पोष्ट News


तारकेश्वर आवाजका सम्पादक नन्दबहादुर ऐडीको अल्पायुमा निधन

1.3K

काठमाडौं - तारकेश्वर आवाजका सम्पादक नन्दबहादुर ऐडीको आज बिहान ललितपुरस्थित सुमेरु अस्पतालमा असामयिक निधन भएको छ । ऐडी तारकेश्वरमा करिव ६ वर्ष अघिदेखि तारकेश्वर आवाज नामाक मासिक पत्रिका निकाल्दै आएका छन् । ऐडीको उमेर करिव ३० वर्ष रहेको थियो ।

ऐडीले तारकेश्वरमा पत्रकारिता मात्र नगरेर सामाजिक कार्यहरुमा पनि सक्रियतापूर्वक काम गर्न सफल भएका छन् । ऐडी केही महिनादेखि जन्डिस र हेपाटाइटिस बी रोगबाट पीडित हुनुहुन्थ्यो । जन्डीस बिग्रिदा कलेजो ड्यामेज हुनुका साथै मृगौलाले समेत काम गरेको थिएन र पेटमा रगत र पानीले अन्तिम अवस्थामा पेट फुल्दै गएर निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनको निधनपछि अन्तिम संस्कारको लागि पशुपति आर्यघाटमा लगेपछि काठमाडौं क्षेत्र नं। ६ का सांसद् भीमसेनदास प्रधानले नेपाली काँग्रेसको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेस तारकेश्वर नगरका सभापति कृष्णहरि महर्जनले पशुपतिमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

तारकेश्वरका सबै राजनीतिक दलका प्रतिनिधीहरु, महिला समुह, युवा समुह, उपभोक्ता समितिका पदाधिकारीहरु सबैको मन मनमा बस्न सफल ऐडीलाई बचाउन सकिएन । नागरिकपोष्ट डटकम परिवार तर्फबाट पत्रकार स्व . नन्दबहादुर ऐडीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

मृतक नन्दको अहिले श्रीमती एक छोरा र एक छोरी रहेका छन् । हुम्ला स्थायी घर भएका ऐडी तारकेश्वर ८ लामबगरमा अस्थायी रुपमा बसोबास गर्दै आएका थिए ।

Must View