अमेरिकाको सडकमा डलर बर्सियो, मानिसहरु गाडी रोकेर बटुल्न थाले, २ घण्टा सडक जाम
651
एजेन्सी - अमेरिकाको क्यालिफोर्नियामा शुक्रबार एउटा रोचक घटना भयो । कार्ल्सब्याड हाइवेमा गुडिरहेको एउटा ट्रकको पछाडिको ढोका अचानक खुल्यो र त्यहाँबाट डलर भरिएका कैयौं ब्यागहरु हावामा उडे । त्यसपछि उछिट्टिएका ब्यागहरुबाट डलरका नोटहरु सडकमा उड्न थाले । केही बेरका लागि सडकमा नोटको वर्षा भइरहेको जस्तो देखियो ।
यस क्रममा सडकबाट गइरहेका मानिसहरुले आफ्नो गाडी रोखेर डलर बटुल्न थाले । जो जहाँ थिए त्यहीँ रोकिए र नोट जम्मा गर्न थाले । यस क्रममा सडक पूरै जाम भयो । पुलिस अधिकारीका अनुसार घटना शुक्रबार बिहान सवा ९ बजेतिरको हो । ट्रक सान डिएगोबाट फेडरल डिपोजित इन्स्योरेन्स कर्पको एक अफिसतिर गइरहेको थियो । डलर छरिएपछि मानिसहरुले बटुल्दा ट्रक ड्राइभरले विरोध गर्दा मानिसहरुले ड्राइभरलाई नै कुट्न खोजे ।