नागरिक पोष्ट News


राष्ट्रपतिद्वारा स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको उद्घाटन

595

काठमाडौं - बिनासकारी भूकम्पबाट क्षपि पुगेको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको पुनःनिर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । 

शनिबार स्वयम्भूमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त भजन खलःको उद्घाटन गर्नुभयो । विसं १९९४ मा निर्माण गरिएको उक्त खलःमा स्थापनाकालदेखि नै भजनकीर्तन हुँदै आएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले ज्ञानमाला भजन खलःले ऐतिहासिक विरासत बोकेको र त्यसले समाजलाई जागृत गर्दै आएको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले प्रकृति र संस्कृति एकअर्काका परिपूरक भएको उल्लेख गर्र्दै जनताका आस्थाका रुपमा रहेका मौलिक सांस्कृतिक धरोहरको सम्वद्र्धन गर्न र त्यस वरपरका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण सन्तुलन कायम राख्न आवश्यक रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले आर्थिक उत्पादकत्वमा बृद्धि गर्दै मुलुकको व्यापार घाटा घटाउनुपर्ने धारणा राख्नुभयो । उहाले नेपालमा उत्पादित बिधुतको उपयोगका लागि बिधुतिय सवारीलाई प्राथमिकता दिनुपर्ने र औधोगिक क्षेत्र स्थापनामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा राष्ट्रपति भण्डारीले भजन खलः पुनःनिर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुभएको थियो 

Must View