नागरिक पोष्ट News


टोखा नगरपालिका : स्मारिका विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न, १५ सय जनालाई सम्मान

1.4K

काठमाडौं । टोखा नगरपालिकाले आज करिव १५०० जनालाई सम्मान गरेको छ । नगरपालिकाभित्रका उपभोक्ता समिति, बाजा खलःहरु, सांस्कृतिक समुह, सहकारीहरु, विद्यालय, साहित्यकार, कोभिढ–१९ नियन्त्रणमा सहयोग गर्ने संघ/संस्थाहरु र व्यक्तिहरु, कलेजहरु र सबैभन्दा बढि कर तिर्ने करदाताहरुलाई पनि सम्मान गरेको छ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

नगर प्रमुख प्रकाश अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा तारकेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुखहरुले उपस्थित भएर शुभकामना दिएका थिए । कार्यक्रममा टोखा नगरपालिकाको हिजो, आज र भोली नामक भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक/गायीका बद्री पंगेनी, देवी घर्ति र खुमन अधिकारीले सन्देशमुलक गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि इश्वर पोखरेलले जनतालाई केन्द्रविन्दुमा राखेर जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनुभयो । टोखा नगरपालिकाले आयोजना गरेको नगर स्मारिका विमोचन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ईश्वर पोखरेल नगरपालिकाले गरेको कार्यक्रममा सबै को सहभागी रहनुपर्छ ।

टोखा नगरपालिकाले गरेको कार्यक्रममा राजनीति दलहरुले गरेको बहिष्कारबारे पोखरेलले भने यो चुनावी कार्यक्रम नभई नगरपालिकाको कार्यक्रम भएको बताए । अब हामी जनतालाई रोजगारसँग जोडनुपर्छ र आत्मनिर्भर तर्फ लानपर्छ । जुन राजनीति दलले देशलाई सुखि समृद्धिको लागि अघि बढन सक्छ र जसले आर्थिक विकास रोजगारीको काम गर्न सक्छ त्यसले मात्र नेतृत्व गर्छ ।

कार्यक्रमबारे प्रकाश पार्दै नगर प्रमुख प्रकाश अधिकारीले स्थानीय सरकारको पहिलो कार्यकालमा ७०–७५ प्रतिशत कार्य गर्न सफल भएको बताए । अब आउने जनप्रतिनिधिका लागि आफुले सिस्टम र कानुनहरु निर्माण गरिदिएको हुँदा सजिलोसँग विकास निर्माणका काम गर्न सकिने बताएका छन् । नगर प्रमुख प्रकाश अधिकारीले ५५–५६ किलोमिटर ढलान गर्न सफल भएको बताएका छन् । त्यस्तै ५०–५५ किलोमिटर कालोपत्रे सम्पन्न भएको बताए । अन्य पूर्वाधारको क्षेत्रमा टोखाले धेरै काम गरेको छ । प्रत्येक वडामा पार्कहरु निर्माण भएका छन् । वडा कार्यालयहरु, स्वास्थ्य भवनहरु र नगरको प्रशासनिक भवन निर्माण भइरहेको छ । मेयर दिवा खाजा कार्यक्रम र नगर सुरक्षा कार्यक्रम र मेयर उज्यालो कार्यक्रम गर्न सफल भएको बताए ।

कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख उद्धव अधिकारीले बुढानिलकण्ठमा पनि मंसिर १९ गते नागरिक सम्मान कार्यक्रम गर्न लागेको बताउनुभयो । त्यस्तै तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोराले छिमेकी नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडी बढेको बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख ज्ञानमायाँ डंगोलले स्वागत मन्तव्य दिनुभएको थियो । डंगोलले नगरपालिकाले गरेका कामहरुबारे पनि चर्चा गरेकी थिइन । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्यले टोखा नगरपालिकाले काठमाडौं जिल्लाभित्रको अन्य नगरपालिकाहरुभन्दा धेरै काम गर्न सफल भएको बताएका छन् ।

नगरपालिकाको सम्मान कार्यक्रममा टोखाका ६ जना वडाअध्यक्षहरु र राजनीतिक दलहरुले कार्यक्रम बहिष्कार गरेका थिए ।

सुशान्त न्यौपाने/farakpatra.com

Must View