सामाजिक सुरक्षा कोषले स्थायी पदपूर्तिका लागि ६६ जना कर्मचारीको माग
602
काठमाण्डौ – सामाजिक सुरक्षा कोषले स्थायी पदपूर्तिका लागि ६६ जना कर्मचारी माग गरेको छ । कोषले चारदेखि ११ औं तहमा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।
लोकसेवा आयोगको सहमति अनुसार कोषमा रिक्त रहेका पदहरु खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्न आवेदन माग गरिएको हो । तोकिएको योग्यता पुगेका उम्मेदवारले प्रक्रिया पूरा गरी अनलाइन दरखास्त फाराम भर्नुपर्ने उल्लेख गरिएको छ ।