नागरिक पोष्ट News


फिल्म ‘घुइँचो’ को लागि अभिनेत्री एलिजा गौतम

1.2K

काठमाण्डौँ - फिल्म ‘घुइँचो’ को लागि अभिनेत्री एलिजा गौतम छानिएकी छन् । रामजी दैलेखीको निर्माणमा बन्न लागेको यो फिल्मका लागि गौतम मुख्य अभिनेत्रीको भूमिकामा छानिएकी हुन् । निर्माता दैलेखी र अभिनेत्री गौतमबीच फिल्म अभिनयका लागि बुधबार सम्झौता भएको छ ।

आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो फिल्म दुर्गम गाउँको युवाको अमेरिका यात्राको कथामा निर्माण हुन लागेको हो । निर्माता दैलेखीले अभिनेत्रीको रुपमा गौतमसँग भित्रिएको र अन्य कलाकार समेत छिट्टै छनोट गर्ने जानकारी दिए । घुइँचोको कथा आफुले खोजे जस्तै पाएकोले जोडिएको बताइन् ।

आफ्नै निर्माण अभिनयमा ‘अनुराग’ फिल्म अभिनय गरेकी एलिजाले केही महिना अगाडि फिल्ममा ‘घिन्ताङ’ का लागि पनि छानिएकी थिइन् । तर छायाङ्कन अगाडि निर्माण युनिटसँगको असन्तुष्टिका कारण उनले फिल्म छोडेपछि फिल्ममा केकी अधिकारीले गरेकी छन् ।

चर्चित पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी एलिजा पछिल्लो समयको म्युजिक भिडियोमा चलेकी मोडल पनि हुन् ।

Must View