नागरिक पोष्ट News


सरोगेसीबाट जुम्ल्याहा बच्चाकी आमा बनिन् प्रीति

1.1K

एजेन्सी  - बलिउड अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छन् । ४६ वर्षीया प्रीतिले सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्रामबाट प्रीतिले यो कुराको जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘जीन र म आज निक्कै खुशी छौं । किनकि, आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई स्वागत गरेका छौं ।’

प्रीतिले जिन्दगीको नयाँ यात्रालाई लिएर निक्कै नै उत्साहित भएको पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘म डाक्टर र नर्सका साथै सबैलाई यो सुखद् यात्राका लागि धन्यवाद दिन चाहन्छु । सबैलाई धेरै माया ।’

प्रीतिले १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग सन् २०१६ फ्रेब्रुअरी २९ तारिखमा विवाह गरेकी थिइन् । विवाहको करिब ६ महिनापछि मात्र उनले बिहेको तस्वीर सार्वजनिक गरेकी थिइन् । प्रीति सन् १९९८ मा रिलिज भएको चलचित्र ‘दिल’बाट बलिउडमा प्रवेश गरेकी हुन् ।

Must View